Comments Add Comment

‘सिने स्टार अवार्ड’मा अनमोल, विपिन र सलिनमानको प्रतिस्पर्धा

सन् २०२० मा क्यानडामा आयोजना हुने ‘सिने स्टार अवार्ड’का लागि मनोनयन सार्वजनिक गरिएको छ । आयोजकले हरेक विधामा टप थ्री नोमिनिजको नाम सार्वजनिक गरेको छ ।

यो अवार्डको नोमिनेशनमा चलचित्र ‘प्रसाद, बुलबुल र छक्का पन्जा ३’को बाहुल्यता छ । उत्कृष्ट चलचित्रको नोमिनेशनमा नै यी तिन चलचित्र परेका छन् । यस्तै, उत्कृष्ट नायकतर्फ भने अनमोल केसी, विपिन कार्की र सलिनमान बनियाँ नोमिनेशनमा परेका छन् । उत्कृष्ट नायिकातर्फ स्वस्तिमा खड्का, श्रृष्टी श्रेष्ठ र नम्रता श्रेष्ठ नोमिनेशनमा छन् ।

वि.सं २०७५ सालमा रिलिज भएका चलचित्रहरुबाट यो नोमिनेशन सार्वजनिक गरिएको छ । आयोजकले १२ विधामा अवार्ड प्रदान गर्ने बताएको छ । साथमा, जुरी अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ । नोमिनेशन सार्वजनिक तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै आयोजक हिल्सा इन्टरटेन्मेन्टका प्रमुख प्रतिक वुढाथोकीले चलचित्र क्षेत्रलाई सम्मान गर्न पाउनु गर्वको कुरा भएको बताए ।

चलचित्रको विदेशी बजार विस्तारका लागि यो अवार्डले भूमिका खेल्ने विश्वास उनको थियो । यो अवार्ड जीटीए लायन्स क्लब टोरेन्टो र सिने मल्टिभिजन क्यानडाको सहकार्यमा आयोजना हुन लागेको हो । अवार्डको विभिन्न विधाको उत्कृष्ट ३ मा पर्न सफल चलचित्र र चलचित्रकर्मीको नाम यसप्रकार छः

उत्कृष्ट फिल्मः
प्रसाद
छक्का पञ्जा ३
बुलबुल

उत्कृष्ट निर्देशकः
बिनोद पौडेल – बुलबुल
दीपाश्री निरौला – छक्का पन्जा ३
दिनेश राउत – प्रसाद

उत्कृष्ट पटकथाः
दीपकराज गिरी – छक्का पन्जा ३
सुशील पौडेल – प्रसाद
बिनोद पौडेल – बुलबुल

उत्कृष्ट अभिनेताः
अनमोल केसी – ए मेरो हजुर ३
विपिन कार्की – प्रसाद
सलिनमान बनियाँ – यात्रा

उत्कृष्ट अभिनेत्रीः
स्वस्तिमा खड्का – बुलबुल
सृष्टि श्रेष्ठ – रोमियो एण्ड मुना
नम्रता श्रेष्ठ – प्रसाद

उत्कृष्ट सह-अभिनेत्रीः
लक्ष्मी वर्देवा – बुलबुल
सुरक्षा पन्त – गोपी
प्रियंका कार्की – नाइँ नभन्नु ल ५

उत्कृष्ट सह-अभिनेताः
सलोन बस्नेत – ए मेरो हजुर ३
सौगात मल्ल – जय भोले
केदार घिमिरे – छक्का पन्जा ३

उत्कृष्ट सम्पादनः
बनिश शाह र मिलन श्रेष्ठ – रामकहानी
निमेष श्रेष्ठ – साइँली
बिपिन मल्ल – छक्का पन्जा ३

उत्कृष्ट सिनेमाटोग्राफरः
मानकृष्ण महर्जन – छिरिङ
आलोक शुक्ला – लभ स्टेशन
पुरुषोत्तम प्रधान – छक्का पन्जा ३

उत्कृष्ट पार्श्व गायिकाः
प्रविशा अधिकारी – फुल होइन काँडा – रोज
विन्दु परियार – पहिलो नम्बरमा – छक्का पन्जा ३
अन्जु पन्त – बनकी चरी – प्रसाद

उत्कृष्ट पार्श्व गायकः
प्रताप दास – फुल होइन काँडा – रोज
सुगम पोखरेल – जिन्दगी नै भन्दिन – ए मेरो हजुर ३
रुपक डोटेल – बनकी चरी – प्रसाद

उत्कृष्ट संगीतकारः
एलिश कार्की – रोज
बसन्त सापकोटा – नाइँ नभन्नु ल ५
दीपक शर्मा – छक्का पन्जा ३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment