Comments Add Comment

यी हुन् मानव इतिहासका धनी मान्छे, जसलाई दुनियाँले बिर्सियो

ज्याकब फग्गर यदि आजसम्म जीवित हुन्थे भने उनी अहिलेका विश्वका सर्वाधिक धनी मानिने अमेजन कम्पनीका मालिक जेफ बेजोसभन्दा चार गुणा धनी हुने थिए ।

अहिलेको विश्वका चार सर्वाधिक धनी व्यक्तिहरू बेजोस, बिल गेट्स, बर्नार्ड आर्नोउल्ट र वारेन बफेटको कूल सम्पत्ति जोड्दा पनि ज्याकब फग्गरको जति हुन्थेन ।

ज्याकबका जीवनीकार तथा वालस्ट्रिट जर्नलका पूर्व सम्पादक ग्रेग स्टाइनमेट्जका अनुसार यी जर्मन ब्यांकर तथा व्यापारीलाई द रिच वन नामले चिनिन्थ्यो ।

उनको समय थियो सन् १४५९ देखि १५२५ सम्म । ज्याकबले त्यस समय यति धेरै सम्पत्ति कमाएको थिए जुन आजको मूल्यमा ४ खर्ब अमेरिकी डलर बराबरको हुन्थ्यो ।

सन् २०१५ मा प्रकाशित आफ्नो किताब द रिचेस्ट म्यान हू एभर लिभ्डमा ग्रेगले ज्याकबलाई इतिहासका सबैभन्दा धनी व्यक्ति भनेका छन् ।

पुनर्जागरण कालका धनाढ्य ज्याकोब विश्व इतिहासकै सर्वाधिक शक्तिशाली ब्यांकर हुन् । उनले आफ्नो समयमा आफ्नो सम्पत्तिका कारण रोमन साम्राज्य तथा पोप हल्लाउने तागत राख्दथे । किनकी ती दुबैलाई उनले ठूलो परिमाणमा रकम प्रदान गर्दथे । स्पेनका राजा चाल्र्स १ लाई रोमका राजा बनाएर चाल्र्स ५ को दर्जा दिने व्यक्ति उनै थिए ।

यी मान्छे निकै दानी पनि थिए । उनले दक्षिणी जर्मनीको अग्सबर्गमा एक सामाजिक आवास निर्माण गरेका थिए । फग्गरको त्यो आवास अहिले पनि सग्लै छ र त्यहाँका बासिन्दा अहिलेसम्म पनि वार्षिक १ डलर बराबरको रकम भाडा तिरेर अपार्टमेन्टमा बस्न पाउँदछन् ।

यद्यपि फग्गरलाई पुँजीवादका संस्थापक मध्येका एक मानिन्छ । तत्कालीन जर्मनीमा धेरै खाले व्यापार व्यवसायमा उनको एकाधिकार थियो । उनले पत्रिकाको प्रकाशन समेत सुरु गरेका थिए । उनले सुरु गरेको पत्रिकालाई युरोपेली इतिहासको पहिलो पत्रिका पनि भनिन्छ ।

कोलम्बसले अमेरिका पत्ता लगाउँदा फग्गर ३३ वर्षका थिए । फर्डिनान्ड म्यागलनले विश्वको खोज अनुसन्धान गर्न भ्रमणमा निस्किँदा आर्थिक सहयोग गर्ने मूख्य व्यक्ति फग्गर नै थिए ।

एजेन्सीकाे सहयेगामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment