+
+
Shares

गोकर्ण रिसोर्टबारे नेकपा बैठकमा चर्काचर्की

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ३ गते १९:२०

३ पुस, काठमाडौं । गोकर्ण रिसोर्टको २७ सय ९३ रोपनी जग्गाबारे मन्त्रिपरिषद्ले गरेको निर्णयलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ ।

स्थायी कमिटी बैठकमा रघुजी पन्तलगायतका नेताहरुले ६ वर्ष म्याद बाँकी रहँदा नै उक्त जग्गा यती समूहलाई दिने निर्णय गरेको विषयमा प्रश्न उठाएका थिए । यो निर्णय नेपाल ट्रष्टको प्रस्तावमा भएको थियो, जसको अध्यक्ष उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल छन् ।

बिहीबार बैठकमा बोल्ने क्रममा पोखरेलले कानूनअनुसार नै गोकर्णको जग्गाबारे निर्णय भएको बताएका थिए ।

तर पोखरेल बोलेलगत्तै नेता पन्त उठेर ६ वर्ष म्याद बाँकी छँदै अहिले किन म्याद थप गर्नुपरेको भन्ने प्रश्न गरे । त्यसपछि पम्फा भुसाल, बेदुराम भुसाल, भीम रावललगायतका नेताहरुले समेत पोखरेललाई यस्तै प्रश्न गरे । उनीहरुरुले कानूनले ६ वर्ष पहिले नै निर्णय गर्नु भनेको छ भनेर प्रश्नसमेत गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

जवाफमा पोखरेलले भने कानूनअनुसार नै गरेको हुँ, चाहिन्छ भने कागजपत्र उपलब्ध गराउँछु मात्र भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?