Comments Add Comment

विष्णु रिमालको प्रश्न : यो त प्रधानमन्त्रीप्रति पूर्वाग्रह भएन र ?

३ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेता विष्णु रिमालले सरकारको बचाउ गरेका छन् । उनले ०५१ सालदेखि नै सरकार नढलेसम्म राम्रो गर्‍यो भनेको थाहा नभएको बताए ।

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा उनले सरकारको आलोचनातर्फ संकेत गर्दै भने, मरेपछि नेता महान हुने, ढलेपछि सरकार तगडा गनिने परम्परा हामीले थेगेका छौं ।’

कहिले पार्टीमा सल्लाह नगरेको आरोप त कहिले पार्टी कमिटीलाई किन साक्षी राखेको भन्ने आरोप सुन्दा नमज्जा लागेको उनले बताए । ‘यो कुरा कति सुहाँउदो टिप्पणी हो ? त्यो पनि बरिष्ट कमरेडहरुबाट ?’ प्रधानमन्त्रीका सल्लाहका समेत रहेका रिमालले भने, ‘यो त सिधै प्रधानमन्त्रीप्रति पूर्वाग्रह भएन र ?’

सरकार असफल हुँदा प्रधानमन्त्री र केही मन्त्री असफल हुने मात्र नभई उत्तराधिकारीहरुलाई पनि पिर्ने उनले बताए । सरकारको काम सकारात्मक दिशातर्फ रहेको भन्दै उनले स्थायी कमिटी बैठकमा केही तथ्यांक प्रस्तुत गरेका थिए ।

१. विश्वव्यापीरुपमै औद्योगिक क्षेत्रको विस्तारमा संकुचन आइरहेको भएता पनि नेपाली अर्थतन्त्रले राम्रो काम गरिरहेको छ । गत आर्थिक वर्ष ७.१ प्रतिशतले आर्थिक बृद्धि भयो । हालसालै वेलायतको प्रसिद्ध पत्रिका–द इकोनोमिस्टले गरेको सर्भेक्षणमा नेपाललाई उच्च आर्थिक बृद्धि गर्ने १० मुलुकमा समावेश गरिएको छ । चालु आ.ब. को बजेटमा प्रक्षेपण गरिएको ८.५ प्रतिशतको बृद्धिदर हासिल गर्न असंभव छैन, तर थप प्रयास जरूरी छ ।

२. गत आर्थिक वर्ष ८ प्रतिशतको हाराहारीमा रहेको उद्योग क्षेत्रको बृद्धि चालु वर्षको अन्त्यमा झण्डै दोब्बर हुने अपेक्षा गरिएको छ ।

३. चालु आर्थिक वर्षको पहिलो ३ महिनामै करीव रु. १९ अर्ब ६० करोड लगानी गर्ने गरी १२० वैदेशिक लगानी सम्बन्धी उद्योगहरु दर्ता भएका छन् । यस अवधिमा उद्योगको संख्या १३,१५५ पुगेको छ, जसमा ठूला २८, मझौला ४९ र लद्यु, घरेलु तथा साना १३, ०३८ छन् ।

४. पर्यटकस्तरीय (११२५) र तारे होटल (१२९) को संख्यामा बृद्धि भएको छ । पर्यटक आगमनको संख्यामा पनि बृद्धि भएको छ ।

५. सरकारी कोषमा बचत छ ।

६. २०७४/७५ मा भन्दा २०७५/७६ मा वैदेशिक सहायताको प्रतिवद्धता झण्डै २७ प्रतिशतले बढेको छ । चालू आ.ब.को अहिलेसम्म रु. ७२ अर्व ३० करोड बरावरको प्रतिवद्धता भइसकेको छ ।

८. बैंकिंङ क्षेत्रको निक्षेप परिचालन र कर्जाको विस्तार बढेको छ । रु. ४००० करोड बराबरको सहुलियतपूर्ण कर्जा (व्यवसायिक कृषि र पशुपंक्षी, महिला उद्यमशीलता, दलीत समूदाय व्यवसाय, भुकम्प प्रभावित पुनर्निर्माण, वैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार र उच्च प्राविधिक शिक्षा) लगानी भएको (झण्डै २१ हजारमा) छ ।

९. ६१ प्रतिशत भन्दा बढी नेपालीको बैंक खाता रहेको अनुमान छ । बैंकका ९,१०० शाखा विस्तार भएका छन् । जम्मा १२ स्थानमा बाहेक सबै स्थानीय तहमा बैंकका शाखाहरु स्थापना भई सकेका छन् (प्रदेश नं. १ मा १, प्रदेश नं. २ मा २, प्रदेश नं. ३ मा २, गण्डकी प्रदेशमा १, कर्णाली प्रदेशमा १ र सुदरपश्चिम प्रदेशमा ५)।

१०. गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो चौमासिकमा निर्यात २३.४ प्रतिशतले बढेको छ । ६.९ प्रतिशतले आयात घटेको छ, व्यापार घाटा पनि ८.९ प्रतिशतले घटेको छ ।

११. यस आ.ब. को अहिलेसम्म ७ लाख ९८ हजार करदाता थप दर्ता भएका छन् (व्यवसायिक तर्फ १,१५,००० र व्यक्तिगत तर्फ ६ लाख ८३ हजार)।

१२. गत आर्थिक वर्षमा रु. ३५४२ करोडले घाटामा रहेको शोधनान्तर स्थित चालु आर्थिक वर्ष १४४३ करोडले बचत भएको छ । बिदेशी बिनिमय संचिति झन्डै ९ महिनाको बस्तु तथा सेवाको आयात धान्न सक्ने अबस्थामा छ ।

१३. अन्यः

(क) विश्व बैंकको व्यवसाय गर्ने वातावरणसम्बन्धी सर्भेक्षण (म्यष्लन द्यगकष्लभकक क्ष्लमभह) ले नेपालको व्यवसायिक वातावरणमा उल्लेख्य सुधार भएको देखाएको छ । गत वर्ष ११० औं स्थानमा रहेको नेपाल यो वर्ष ९४ औं स्थानमा उक्लेको छ । १० उपसूचकमध्ये निर्माण इजाजत, बिद्युत आपूर्ति, ऋणको उपलब्धता र सीमा ब्यापार सहजिकारणमा नेपालको प्रगति उत्साहपूर्ण छ ।

(ख) संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले गत हप्ता प्रकाशित गरेको मानव विकास प्रतिवेदन अनुसार नेपाल १४९औं बाट १४७ औं स्थानमा उक्लिएको छ । सूचकांकको हिसाबले पनि गत वर्षको ०.५७४ बाट ०.५७९ मा उक्लेको छ ।

(ग) विश्व भोकमरी सूचकांक (न्यिदब िज्गलनभच क्ष्लमभह) मा नेपाल ७३ औं स्थानमा (२०.८ सुचकांक सहित) रहेको छ ।

(घ) शान्ति सूचक (न्यिदब िएभबअभ क्ष्लमभह) मा नेपालले यस बर्ष १२ बिन्दुले सुधार गरेको छ । (१६५ देशमध्ये नेपाल २.०००३ प्राप्तांकसहित ७६ औ स्थानमा

छ । (बंगलादेश– १०१, चीन–११० भारत– १४१ र पाकिस्तान– १५३ स्थानमा छन् । )

(ङ) कानूनको शासन (च्गभि या ीबध क्ष्लमभह) मा पनि नेपाल गत बर्ष भन्दा २ स्थिति माथि अर्थात १२६ देशमध्ये ५९ औ स्थानमा रहेको छ ।
(१६ अर्ब माथिको विगोसहितको कारबाही त यसबीचमा राजश्व अनुसन्धान विभागले नै गरिसक्यो । यहाँ चर्चा भएका भ्रष्टाचारका विषय कारवाहीको क्रममा रहेकोमा कमिटी विदितै छ)

(च) २१ राष्ट्रिय गौरबका आयोजनामध्ये ८ वटा (२ विमानस्थल, १ जलविद्युत, २ सडक, १ खानेपानी र २ सिचाई आयोजना) को कार्यान्बयन सन्तोषजनक छन् ।

१४. सुशासनको लागि गरिएका डिजिटल प्रयास यहाँ उल्लेखनीय छ । उदाहरणका लागि, इसिटिएस, भेहिकल ट्रयाकिङ प्रणाली, अनुगमन पोर्टल होस्, टेलिप्रिजेन्स सहितको एक्सन रुम आदि उल्लेखनीय छ ।

१५. रेल अब सपना मात्रै हैन, इनल्याण्ड वाटर वेज सपना रहेन, पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतीको स्रोत सुनिश्चित भएको छ ।

रिमालले परराष्ट्र र छिमेक सम्बन्ध प्रभावकारी भएको भन्दै रिमालले अहिले देखिएको सीमा विवाद नयाँ नभएको बताए । ‘९८ प्रतिशत सीमा समस्या हल भएको तर हल हुन बाँकी समस्यासंग जोडिएर ६ दर्जन जति स्थानमा विवाद नटुङ्गिएको भन्दै आएका थियौं । त्यसमा केही फेरवदल भएको हो र ?’ उनले बैठकमा प्रश्न गरे ।

प्रमाण र तथ्यहरुले लिम्पियाधुरा–लिपुलेकसहित कालापानी क्षेत्र नेपालको भएको प्रष्ट भएको भन्दै उनले यसलाई प्राप्त गर्ने माध्यम कूटनीति भएको बताए । ‘यो आवेग वा उत्तेजनापूर्ण अभिव्यक्तिले हल हुने विषय होइन । समस्या हल गर्न गरिने कूटनीतिका औपचारिक वा अनौपचारिक विभिन्न पहललाई शान्त रुपमा गरिनुपर्नेमा परिणाम जेसुकै होस्, प्रचार चाहिँ होस् भने जस्तो हुनुहुन्न ।’ उनले भनेका छन् ।

रिमालले पार्टी एकता ऐतिहासिक भएको भन्दै केही नेता ‘लाल झण्डा बोकेर लाल झण्डा सिध्याउने षडयन्त्र’को रुपमा प्रस्तुत हुनु दुखद भएको बताए । उनले पार्टी कमिटीबारे डरलाग्दो द्विविधा रहेको भन्दै नेतृत्व केन्द्रीकरण गर्नुहुन्न पनि भन्ने र कमिटी चाहिँ भद्दा माग गर्नु विरोधाभासपूर्ण भएको बताए ।

‘सचिवालयमा ९ जनाले पुगेन १५ चाहियो ? यसको अर्थ के हो त ? ९ जना, जसलाई अघिल्ला बैठकमा कोर अफ दि लिडर्स भनिएको थियो, अयोग्य भएर हो’ उनले प्रश्न गरेका छन् । माथि माथि तख्ता थप्दै जानुको साटो तलका कमिटी क्रियाशील बनाउनुपर्नेमा रिमालले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment