+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कुलिङ पिरियडमा गरिएको हेरफेरबारे राज्य व्यवस्था समितिका सदस्यहरुले सभामुखको ध्यानाकर्षण गराउँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते ७:५३

१७ असार, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरप्रति चासो राख्दै राज्य व्यवस्था समितिका सदस्यहरुले सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् ।

आज बिहान १० बजे सभामुख घिमिरेलाई भेट्ने तय भएको नेपाली कांग्रेसकी सांसद एवं राज्य व्यवस्था समितिकी सदस्य सरिता प्रसाईंले जानकारी दिइन् । ‘हामीले सर्वसम्मत पास गरेको प्रतिवेदन संसदबाट पास हुने बेला हेरफेर भएर आएको भन्ने विषयमा सभामुखलाई भेट्न लागिएको हो,’ उनले भनिन् ।

राज्य व्यवस्था समितिबाट विधेयकको प्रतिवेदन सर्वसम्मतिले पास हुँदा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्था भएकोमा प्रतिनिधि सभाबाट पास भएको विधेयकमा हेरफेर गरिएको भन्दै कतिपयले विरोध जनाएका छन् ।

कांग्रेस नेता डा. शेखर कोइरालाले यसलाई ‘घोर अपराध’ र सार्वभौम संसदप्रतिको ‘अपमान’ भएको टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?