+
+
Shares

भारतमा रासायनिक कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १९:५४
Photo Credit : UGC

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेलङ्गानाको संगारेड्डी जिल्लामा रासायनिक कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु भयो।
  • कारखानाको ठूलो भाग भत्किएर घटनास्थलमा खोजी जारी छ।
  • सरकारले मृतक परिवारप्रति समवेदना व्यक्त गरी घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

काठमाडौं । भारतको दक्षिणी राज्य तेलङ्गानाको संगारेड्डी जिल्लामा रहेको एउटा रासायनिक कारखानामा सोमबार भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अरू धेरै घाइते भएका छन् । विस्फोटपछि कारखानाको ठूलो भाग भत्किएको छ ।

जिल्ला दमकल अधिकृत बी नागेश्वर रावले भने, ‘हामीले अहिलेसम्म १२ जनाको शव फेला पारिसकेका छौं र अझै भग्नावशेषमा खोजी जारी छ ।’

यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ ।

भारतीय सञ्चारमाध्यममा देखाइएका दृश्यहरूमा घटनास्थलबाट बाक्लो कालो धुवाँ आकाशमा उठिरहेको देखिन्छ ।

भारतमा यस्ता दुर्घटनाहरू कहिलेकाहीँ हुने गरेका छन् । प्रायः यस्ता घटनामा सुरक्षा नियमहरूको पालना नहुनु मुख्य कारण भएको बताइन्छ ।

सरकारले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?