
नेपालमा एक बर्षमा ८० भन्दा बढी नेपाली चलचित्र बन्छन् । चलचित्र ८० वटा बनेपनि व्यापारिक रुपमा आधा दर्जनले पनि लगानी उठाउन नसकेको अवस्था छ । केही चलचित्रका निर्माता मात्र मुनाफा कमाएर मख्ख पर्छन् ।
एक बर्षमा करिब ७० भन्दा बढी चलचित्रका निर्माताले लगानीको ५ प्रतिशत पनि फिर्ता पाउँदैनन् । हाँस्य कलाकार केदार घिमिरेको तर्क छ, वर्षमा १२ वटा चलचित्र चल्नुपर्छ । बिहिबार आयोजना भएको चलचित्र ‘सेन्टी भाइरस’को पत्रकार सम्मेलनमा केदारले भने–‘बर्षमा १२ वटा चलचित्र राम्रो बन्न जरुरी छ । चलचित्रहरु राम्रा राम्रा बनुन् ।’
उनले, यसको र उसको भन्दा पनि १२ वटा चलचित्र राम्रो बनेको खण्डमा चलचित्र क्षेत्र माथि जाने तर्क केदारको छ । उनले, चलचित्र ‘सेन्टी भाइरस’ पनि १२ वटा चलचित्रमा परोस् भनेर शुभकामना दिए ।
केदारले सिताराम कट्टेल अभिनयमा फर्किएको भन्दै खुशी व्यक्त गरे । भने–‘सितारामले अभिनय नै नगरी कपाल फुलाउँछन् कि भन्ने लागेको थियो । उनी चलचित्रको पर्दामा फर्किएका छन्, मलाई खुशी लागेको छ ।’
प्रतिक्रिया 4