
४ पुस, सप्तरी । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का अध्यक्ष लक्ष्मी साहसहित तीन जना धरौटीमा रिहा भएका छन् ।
सप्तरी जिल्ला अदालतले तीनै जनालाई १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । जिल्ला अदालतका न्यायाधीश जवाहर प्रसाद सिंहको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
आफूमाथि वलात्कार प्रयास गरेको भन्दै ३४ वर्षीया एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीले वडा अध्यक्ष साहसहित तीन जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । वडा अध्यक्ष साहसहित सोही ठाउँका अनिल राय र मो. नसिमलाई मंसिर २२ गते प्रहरीले पक्राउ गरेको थियो । उनीहरु जनही १५ हजार धरौटीमा रिहा भएको अदालतले जनाएको छ ।
साह पक्राउ परेपछि उनको रिहाइको माग गर्दै शम्भुनाथ नगरपालिकाको कामकाज अनिश्चितकालका लागि बन्द गरिएको थियो भने मुख्य चार दलले उनी निर्दाेष रहेको भन्दै रिहा गर्न माग गरेको थियो ।
प्रतिक्रिया 4