Comments Add Comment

‘दबंग ३’को कमजोर ओपनिङ, के विरोधको असर पर्यो ?

नायक सलमान खानको चलचित्रले लाइफ टाइम कलेक्शन कती गर्छ, त्यो यसै भन्न सकिदैन । तर, सलमानको चलचित्रको ओपनिङ भने बम्पर हुन्छ । यसैले, पनि सलमानको चलचित्र रिलिज हुँदा अरु नायकले चलचित्र रिलिज गर्ने हिम्मत गर्दैनन् ।

उनै, सलमान खान अभिनित चलचित्र ‘दबंग ३’ आजबाट विश्वभर रिलिज भएको छ । हिट चलचित्रको सिरिज, सलमानको स्टारडम, सोलो रिलिजको अवसरका कारण पनि यसले बम्पर ओपनिङ गर्ने अपेक्षा गरिएको थियो । तर, चलचित्रले भारतमा बिहानी शोमा भने निकै नै कमजोर ओपनिङ गरेको छ ।

चलचित्रले २० देखि २५ प्रतिशतको ओपनिङ गरेको भारतीय मिडियाले जनाएका छन् । यो चलचित्रलाई एक सातामै बम्पर कमाई गर्नुपर्ने हुन्छ । किनकी, अर्को साता चलचित्र ‘गुड न्यूज’ले यसको व्यापारमा ठूलो धक्का दिने पक्का छ ।

चलचित्रलाई समिक्षकले मिश्रित प्रतिक्रिया दिएका छन् । विशेषगरि, चलचित्रमा नयाँपन केही नभएको, सलमान खानलाई हेर्न चाहनेका लागि चलचित्र विशेष रहेको प्रतिक्रिया आइरहेको छ । चलचित्रको ओपनिङ व्यापारमा भारतमा भैरहेको नागरिकता संसोधन कानुनको विरुद्धमा भैरहेको विरोधको असर परेको देखिएको छ ।

किनकी, सलमान खानको पछिल्लो रिलिज चलचित्र ‘भारत’को एडभान्स बुकिङ १७ करोड थियो । तर, यो चलचित्रको बुकिङ भने निकै कमजोर थियो । विरोधका कारण चलचित्रको व्यापारमा ठूलो असर परेको भारतीय मिडियाले उल्लेख गरेका छन् । क्रिसमसको बिदाको फाइदा चलचित्रले कती उठाउला, यसका लागि केही दिन पर्खनपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment