Comments Add Comment

प्रचण्डपत्नी सीता उपचारका लागि रामदेवको आश्रममा

तस्वीरहरु : गंगा दाहालको फेसबुकबाट

४ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा पुर्‍याइएको छ । लामो समयदेखि उनी अस्वस्थ छिन् ।

छोरी गंगा दाहालले सीतालाई हरिद्वारमा रहेको पतन्जली योगपिठमा लगिएको जानकारी सामाजिक सञ्जालबाट गराएकी छिन् । बाबा रामदेव र आचार्य बालकृष्णले सीतालाई भेटेको तस्वीर पनि उनले पोष्ट गरेकी छन् । सीताका साथमा छोरी गंगा तथा पूर्वमन्त्री मात्रिका यादव र उनकी पत्नीसमेत छन् ।

सीता पार्किन्सन्स जस्तो लक्षण भएको एक जटिल रोगबाट पिपिडत छिन् । त्यसलाई चिकित्सकीय भाषामा प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यो एक दुर्लभ शारीरिक समस्या हो जसका कारण मानिसको मानसिक सन्तुलन बिग्रिनुका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ ।

सीतालाई यसअघि प्रचण्डले उपचारका लागि अमेरिकासमेत लगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment