Comments Add Comment

बार एशोसिएसन गुल्मीको अध्यक्षमा खनाल निर्वाचित

४ पुस, गुल्मी । नेपाल बार एशोसिएसन जिल्ला इकाइ गुल्मीको अध्यक्षमा गोपाल खनाल निर्वाचित भएका छन् । खनालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला इकाइ चयन भएको हो ।

उपाध्यक्षमा लक्ष्मण सापकोटा, सचिवमा हरि अर्याल र कोषाध्यक्षमा बेदप्रसाद कुँवर चयन भएका हुन् । सदस्यमा प्रेमराज आचार्य, चिरञ्जीवी शर्मा, टुकबहादुर कुँवर, बिनोद पाण्डेय, गुणानिधि शर्मा, भीमलाल न्यौपाने, भगवती पाण्डेय (शितल) गणेश श्रीपाली र हिरा एसी चयन भएका छन् ।

नवनिर्वाचित समितिलाई बधाई दिँदै जिल्ला अदालत गुल्मीका न्यायाधीश कृष्णप्रसाद पौडेलले बार र अदालतको सम्बन्ध सुमधुर रहने बताए । बार स्वतन्त्र संस्था रहेकाले यो भित्र राजनीति हुँदैन भन्ने यसले गरेका कार्यहरुले दिँदै आएको बताए ।

उनले बार र बेन्च एउटा सिक्का दुई पाटा रहेकाले न्याय निरुपणका लागि सधै काधमा काध मिलाएर अघि बढने बताए । नवनिर्वाचित अध्यक्ष खनालले न्याय कुन्ठित भएका पक्षहरुमा अदालतसँग सहकार्य गरेर अगाडि बढने बताए ।

उनले आगाभमी दिनहरुमा कानून व्यवसायीको पक्षमा, न्यायका पक्षमा के कसरी लाग्न सकिन्न भनेर आगामी दिनहरुमा सहकार्य छलफल गरेर अगाडि बढने बताए ।

निर्वाचन मन्डलको लागि बारले मुख्य निर्वाचन अधिकृतमा रामबहादुर कुँवर र सहायक निर्वाचन अधिकृतमा बिष्णुबहादुर थापा र बलबहादुर कुँवरलाई नियुक्त गरेको थियो ।

आगामी दुई वर्षको लागि नयाँ नेतृत्व चयन भएको हो । नेपाल बार एशोसिएसन जिल्ला इकाइ गुल्मीमा ३१ जनाले सदस्यता लिएको कोषाध्यक्ष बेदप्रसाद कुँवरले जानकारी दिए ।

एक जना सह-सचिव भने बारको नयाँ नेतृत्वको बैठकले मनोनित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment