Comments Add Comment

गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु

५ पुस, गुल्मी । गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा लागेको आगलागीमा परेर ४५ वर्षीय नरबहादुर नेपालीको मृत्यु भएको हो ।

गएराति स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा आगो लागेको र सोही गोठमा सुतेका नरबहादुरको जलेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

घटना बारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षक चुरामणी पुनको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । आगलागीबाट गोठमा रहेका भैंसी र गोरुहरु पनि जलेका छन् ।

त्यस्तै गएराति गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ देउराली मजुवाको गोठमा एक जना मृत फेला परेका छन् । दैनिकजसो गोठमा आउने जाने गरेका ७१ वर्षीय देबीराम भण्डारी मृत अबस्थामा फेला परेको प्रहरी उपरीक्षक घलेले बताए । थप अनुसन्धान गर्न प्रहरी निरीक्षक राजकुमार रावलको टोली घटनास्थलमा पठाइएको प्रहरी नायव उपरीक्षक घलेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment