+
+
Shares

चितवनमा महिला उद्यमी मेला सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ५ गते १६:१५

५ पुस, काठमाडौं । उद्योग वाणिज्य संघ-चितवनको परिसरमा शनिवार देखी महिला उद्यमी मेला २०७६ शुरु भएको छ । उद्योग वाणिज्य संघ-चितवनको आयोजना र महिला उद्यमी विकास समिति चितवनको सक्रियतामा आयोजित मेलाको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक कार्यक्रमकाबीच उद्घाटन गरिन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं महानगरपालिकाका प्रमुख दाहालले बर्तमान अवस्थामा गाउपालिका देखी राष्ट्र प्रमुख सम्म महिलाको सहभागिता भएको वर्तमान अवस्थामा महिलाले आफ्नो भूमिका सशक्त बनाउँदै जानुपर्ने बताइन् ।

प्रमुख अतिथि दाहालले अधिकार र सहभागिताको हिसावले महिला अग्र स्थानमा पुगेको र अधिकारका हिसावले पनि अधिकार सम्पन्न हुंदै गए पनि आर्थिक रुपमा सम्पन्न हुन नसकेकोले उद्यमशिलता तर्फ उन्मुख हुन अनुरोध गरिन् ।

दाहालले महानगरपालिकाले पनि मेयरसँग महिला जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै महिलाहरुलाई प्राथमिकतामा राखेको जानकारी दिइन् । उनले उद्योग वाणिज्य संघ-चितवनसँग सहकार्य गर्दै आगामी दिनमा पनी अघि बढ्ने जानकारी दिइन् ।

मेलाको उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै संघका अध्यक्ष एवं मेलाका मूल संयोजक सहनलाल प्रधानले उवासंघ-चितवनले महिला उद्यमशिलता विकासमा निरन्तर कार्यक्रम संचालन गर्दै आइरहेको बताए ।

उनले महिला उद्यमीहरुलाई उद्यमशिलता तर्फ उन्मुख गराउंदै लैजांदा महिलाहरुले उत्पादन गरेका उत्पादनहरुको आवश्यक बजार पहिचान गरि बिक्रिवितरण गर्न नसकेमा सफलता हासिल नहुने बताउंदै यस किसिमका कार्यक्रमले महिलालाई आर्थिक रुपमा सबल बनाउन मद्दत पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?