Comments Add Comment
छापामा आज :

बालुवाटार जग्गा अनियमिततामा दीप बस्न्यातविरुद्ध मुद्दा चलाउन सिफारिस, माधव नेपालसँग सोधपुछ

नेकपा नेताहरूलाई बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारी गरेको छलफल र यसलाई लिएर धुम्बाराहीमा देखापरेको हलचल आजका अखबारहरूको प्राथमिकतामा परेको छ । त्यसैगरी, ललिता निवास प्रकरणबारे अख्तियारले गरेको छानबिन, भारतीय अतिक्रमण, प्रधानमन्त्रीको विवादास्पद रिट्विटलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।

कान्तिपुपरले ललिता निवास जग्गा अनियमितता प्रकरणबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यसमाथि छानबिन सकेको छ र अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहितको मिलेमतो रहेको निष्कर्ष निकालेको छ ।

कान्तिपुरका अनुसार अख्तियारको एक महाशाखा प्रमुखको नेतृत्वमा बनेको अनुसन्धान टोलीले बस्न्यातसहितको सरकारी कर्मचारी र अन्य भूमाफियालाई भ्रष्टाचार मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको छ । र, यो प्रतिवेदन अहिले आयुक्तहरूले अध्ययन गरिरहेका छन् ।

‘टोलीले रायको मस्यौदासहित प्रतिवेदन बुझाइसकेको छ । त्यसको अध्ययनपछि आउने प्रतिक्रियाका आधारमा अख्तियार बोर्डमा प्रतिवेदन पेस भएपछि आवश्यक निर्णय होला’, अख्तियारको उच्च स्रोतलाई उद्धृत गर्दै कान्तिपुरले लेखेको छ, ‘बाहिर जानुभएको एक आयुक्त पनि फर्किसक्नुभएको छ । सम्भवतः यो साता निर्णय हुनेछ ।

कान्तिपुरका अनुसार अति उच्च संवेदनशील विषय भएकाले निर्णय हुने दिन नै मुद्दाम लैजाने गरी आरोपपत्रको मस्यौदा पनि तयार पारिँदैछ ।

उता यही विषयमा अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि सोधपुछ गरेको दाबी कान्तिपुरले गरेको छ ।

कान्तिपुर लेख्छ– अख्तियार टोलीले ०६६ चैत र ०६७ वैशाखको मन्त्रिपरिषद् निर्णयबारे अत्यन्त गोप्य रूपमा जानकारी लिएको हो ।’ तर, नेपालले भने यो अस्वीकार गरेको कान्तिपुरमा उल्लेख छ ।

राष्ट्रपतिले नेताहरूलाई भेटेपछि प्रचण्ड आक्रोसित

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थायी कमिटी सदस्यहरूलाई बोलाएर गरेको छलफलले नेकपामा हलचल आएको पत्रपत्रिकाहरूले लेखेका छन् ।
नागरिकले राष्ट्रपतिको यो कदमबाट प्रचण्ड क्रुद्ध बनेको दाबी गरेको छ । नागरिकका अनुसार प्रचण्डले स्थायी कमिटी बैठक चलिरहेका बेला राष्ट्रपतिलाई भेट्न जानुको कारणबारे सोधेका थिए । अन्य नेताहरूले पनि यसबारे सोधेको समाचारमा उल्लेखख छ ।

अन्नपूर्णले बैठक छाडेर नेकपा नेताहरू राष्ट्रपतिकोमा पुगेपछि खैलाबैला भएको लेखेको छ । समाचार अनुसार, नेताहरू राष्ट्रपतिकोमा गएपछि नेकपा बैठक केहीबेर स्थगित नै गर्नुपरेको थियो ।

र, यो पनि– पाहुना पन्छीलाई सुख्खा बन्दरगाह चुनौती

पाहुना पन्छी राजहुटिट्याउँका लागि काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह र सो क्षेत्र आसपासमा बढ्दो मानवीय गतिविधि चुनौती बन्न थालेको समाचार नेपाल समाचारपत्रले छापेको छ ।

हिउँदयामको पाहना पन्छी राजहुटिट्याउँको ठूलो संख्या नेपालमा चोभारको जलविनायक, टौदह र सँगैको वाग्मती करिडोरमा आउने तर मानवीय गतिविधिले यसलाई असर गरेको समाचारमा उल्लेख छ ।

समाचार अनुसार, बन्दरगाह, अन्य कारणले बढिरहेको मानवीय गतिवधि र ध्वनि प्रदूषणले पाहुना पन्छी विस्थापित बन्ने संकेत सुरु भएको भन्दै पन्छीविद्हरूले चिन्ता जनाएका छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment