+

ए डिभिजन लिगमा आज एक खेल, एपीएफ र हिमालयनको लक्ष्य पहिलो जित

२०७६ पुष  ६ गते ९:३२ २०७६ पुष ६ गते ९:३२
ए डिभिजन लिगमा आज एक खेल, एपीएफ र हिमालयनको लक्ष्य पहिलो जित

६ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दोस्रो चरणको एक खेल मात्र हुँदैछ ।

दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा विभागीय टोली एपीएफ र हिमालयन शेर्पा क्लब खेल्दैछन् । दुवै क्लब लिगको पहिलो जितको खोजीमा छन् ।

यसअघि पहिलो चरणको खेलमा एपीएफ साविक विजेता मनाङ मर्स्याङ्दीसँग २–० ले पराजित भएको थियो । मनाङविरुद्ध राम्रो खेले पनि एपीएफको फिनिसिङ लाइन चुकेको थियो । प्रशिक्षक राजेन्द्र तामाङले पनि स्ट्राइकर कमजोर भएको स्वीकारेका थिए । उता हिमालयन शेर्पाले भने पहिलो खेलमा नेपाल पुलिस विरुद्ध गोलरहित बराबरी खेल्दै अंक खोसेको थियो ।

शेर्पाको एक अंक भए पनि एपीएफ अंकविहीन छ । त्यसैलै पनि एपीएफ अंक जोड्न चाहन्छ । पहिलो चरणको खेल दुवै क्लब दशरथ रंगशालामै खेलेका थिए ।

त्यसैले दोस्रो चरणको खेल पनि सोही मैदानमा हुँदा केही फाइदा हुन सक्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय