Comments Add Comment

प्रेमिकासँग सलिनमान

नायक सलिनमान बनियाँ धेरै सोचेर कम चलचित्र खेल्ने नायकमा पर्छन् । सलिनले करिअर सुरुवात गरेको पनि लामो समय भएको छैन । ‘ए मेरो हजुर २ र यात्रा’ उनले काम गरेका चलचित्र हुन् । पहिलो चलचित्रबाट नै सलिनमानले राम्रो क्रेज बनाएका छन् । चकलेटी अनुहारका सलिनमानको स्टारडम छोटो समयमा नै राम्रो बनेको छ ।

उनै, सलिनमान केही बर्षदेखि प्रेममा पनि छन् । उनी, अस्प्रिनासँगको प्रेममा रमाइरहेका छन् । सलिनमानले अहिले नयाँ चलचित्रमा काम गरेका छैनन् । सलिनमानको हातमा अफर भने राम्रै गैरहेको छ ।

उनै, सलिनमानले फेरि एकपटक अस्प्रिनासँगको तस्वीर फ्यानसँग शेयर गरेका छन् । उनले लेखेको छन्–‘तिमी मेरो जीवन, तिमी नै सबैथोक’ । सलिनमानको यो स्टाटसले पनि उनी प्रेममा कती गम्भिर छन् भन्ने वुझिन्छ । सलिनमानले अस्प्रिनाको जन्मदिनमै आफ्नो प्रेम सार्वजनिक गरेका थिए ।

चलचित्र करिअरमा सलिनमान बरु त्यती गम्भिर छैनन् होला, जती उनी प्रेममा रहेको उनको स्टाटसबाट पनि वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment