Comments Add Comment

म दीपक–दीपाको फलोअर्स हुँ, कुनै प्रतिस्पर्धा छैनः कुञ्जना घिमिरे

हाँस्य जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण तथा अभिनय गरेको चलचित्र ‘सेन्टी भाइरस’ फागुणको ९ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको ‘फनफनी’ बोलको गीतले दर्शकको मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

नेपालमा अहिले हाँस्य कलाकारहरुले चलचित्र बनाउने क्रम बढ्दो छ । तर, हाँस्य कलाकारहरु विभाजित भएर चलचित्र बनाइरहेका छन् । सिताराम र कुञ्जनाले दीपकराज गिरी र दीपाश्री निरौलाको टिममा रहेर ‘६ एकान ६ र वडा नम्बर ६’मा काम गरेका थिए । यसपछि भने यो जोडी दिपक–दीपाको टिममा छैन । अहिले उनीहरु आफैले चलचित्र बनाएका छन् ।

यसैले, चलचित्र बजारमा सिताराम–कुञ्जनाको प्रतिस्पर्धा दीपक–दीपासँग रहेको भन्ने चर्चा सुनिन्छ । यो बिषयमा कुञ्जना भन्छिन्–‘म त दिपक र दीपालाई हरेक समय मिस गर्छु । किनकी, मेरो करिअरको सुरुवात कमेडियनको रुपमा ‘तितो सत्य’बाट भएको हो । दीपक दाई र दीपाश्री दिदीसँग मेरो प्रतिस्पर्धा नै छैनँ । म त उहाँहरुलाई सधै सम्मान गर्छु । म उहाँहरुको फलोअर्स हुँ । फलोअर्सले प्रतिस्पर्धा गर्दैन ।’

कुञ्जनाले अगाडि भनिन्–‘सितारामजीले मिस गर्ने भनेको जीतु नेपाल र दमन रुपाखेतीलाई हो । केदार घिमिरे दाई त हाम्रो परिवारको खम्बा हो । उहाँ हटेपछि ‘मेरी बास्सै’ के भयो सबैलाई थाहा छ ।’
कुञ्जनाले सबैको चलचित्र चल्नुपर्ने बताउँदै एउटै क्षेत्रमा रहेकाले सबैजनालाई मिस गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment