+
+
Shares

बुटवल औद्योगिक ब्यापार मेलामा ५ सय स्टल

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ६ गते १७:२६

६ पुस, बुटवल । ‘लगानी लुम्बिनीमा ः समृृद्धि देशमा’ नारासहित बुटवलमा सञ्चालन हुने २०औं औद्योगिक बयापार मेलामा पाँच सय स्टल रहने भएका छन् । बुटवल ११ देवीनगरमा पुस ९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने मेलामा नेपालका ३५ जिल्ला र विदेशी गरी पाँच सय स्टल रहने छन् ।

मेलामा औद्योगिक उत्पादन, कृषि, घरेलु उद्योग, हस्तकला, गार्मेन्ट, होटेल रेष्टुरेन्ट, बैंक र पर्यटनका पांच सय स्टल रहने मेला आयोजक मूल समिति संयोजक एवं बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए । मेलालाई पाँच लाख दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँको आर्थिक कारोबार हुने लक्ष्य रहेको अध्यक्ष हमालले बताए ।

मेलालाई नेपाल भ्रमण बर्ष २०२० संग जोडेर प्रदेश ५ को पर्यटन प्रवद्र्धनमा समेत लक्षित गरिने हमालले बताए । मेलालाई लुम्बिनी भ्रमण बर्ष २०७६ तथा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार, स्थानीय स्तरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धन गरी प्रदेश ५ को पर्यटन उजागर गर्ने अवसरको रुपमा लिएको संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले बताए ।

मेलाले उपभोक्ताहरुलाई स्वदेशी उत्पादनहरुप्रति आकर्षित गरी निर्यात प्रवद्र्धनमा टेवा पु¥याउने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने र लगानीका नयाँ क्षेत्रको खोजी गरी रोजगारीका अवसर सिर्जना गर्ने पनि उनले बताए ।

मेलामा वस्तु तथा सेवाको प्रकृति अनुसार अटो, एग्रो, इलेक्ट्रोनिक्स र सूचना प्रविधि, हस्तकला तथा महिला उद्यमी, वित्तिय संघ संस्था, फर्निचर तथा फर्निसिङ, शिक्षा तथा स्वास्थ्यको छुट्टाछुट्टै पभेलियन निर्माण गरिने प्रचार प्रसार समिति संयोजक मुक्ति अधिकारीले बताए ।

त्यस्तै प्रविधि प्रदर्शनी, प्रदेश ५ का लुम्बिनी देखी रेसुंगासम्मका पर्यटकीय स्थलको संरचनासहित जानकारीमूलक प्रर्दशनी, जितगढी किल्लाको प्रतिकात्मक प्रवेशद्वार, पनि मेलामा रहनेछ ।

मेलामा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, आमा नृत्य प्रतियोगिता, भ्वाइस अफ बुटवल गायन प्रतियोगिता, आधुनिक लोक तथा पप गायन एवं राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगिता, नृत्य तथा वक्तृत्वकला प्रतियोगिता, ईन्द्रेणी समूहको दोहोरी गीत कार्यक्रम र रत्यौली गीत प्रतियोगिता पनि हुने सांस्कृतिक उपसमितिका संयोजक टंक गैरेले बताए ।

संघले रुपन्देहीको पर्यटन क्षेत्रको दीगो प्रवद्र्धनका लागि प्रवेश टिकट शुल्कबाट प्रति टिकट ५० पैसा छुट्टाएको कोषाध्यक्ष विमलराज भट्टराईले बताए ।

मेलामा प्रवेशको लागि सर्वसाधारणको लागि ६० रुपैयाँ तथा विद्यार्थीका लागि परिचय पत्रको आधारमा ३० रुपैयाँ प्रवेश शुल्क राखिएको छ । जेष्ठ नागरिकलाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको संघले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?