Comments Add Comment

सिद्धार्थ बैंकको मुर्लीचौक शाखाको उद्घाटन

६ पुस, काठमाडौं । सिद्धार्थ बैंकले आइतबार वीरगंज अवस्थित मुर्लीचौक शाखाको औपचारिक उद्घाटन गरेको छ ।

बैंकको मुर्लीचौक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक सुरेश शिवाकोटी र सिद्घार्थ बैंकका सञ्चालक राजेशकुमार केडियाबाट संयुक्त रुपमा भएको थियोे ।
बैंकले मुर्लीचौक शाखा गत २०७५ चैत्र १० गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment