+
+
Shares

भाडा नबुझाएपछि जस्ट इन टाइमको सम्झौता रद्द

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ७ गते १२:१३

७ पुस, पोखरा । पोखरा महानगरले ठेकेदार कम्पनी जस्ट इन टाइमसँग भएको सम्झौता रद्द गरेको छ ।

सिर्जना चोकमा भाडा प्रायोजनका लागि बनाएको ३ तले भवन जस्ट इन टाइमलाई २०७३ सालमा ५ वर्षका लागि भाडामा दिइएको थियो र । सम्झौताअनुसार उसले वार्षिक ७६ लाख महानगरलाई बुझाउनुपर्ने हुन्छ । तर लामो समयसम्म पहिलो वर्षको भाडा तिर्न आनाकानी ग¥यो ।

सम्झौताअनुसार महानगरले पानी, बिजुलीको व्यवस्था नगरेकाले आफूले भाडा नतिर्ने कम्पनीले तर्क राख्दै आएको थियो ।

कम्पनीले भाडावापत २ करोड भन्दा बढी तिर्न बाँकी थियो । तर, त्यसमध्ये धरौती रकमबाट १ करोड जफत गरिसकेको छ ।

भवनबाहेक जस्ट इन टाइमले अरु आधा दर्जनभन्दा बढी आयोजना ठेक्कामा लिएको छ । तर अधिकांश कारण अलपत्र अवस्थामा छन् । जसमध्ये फोहोर व्यवस्थापन सम्झौता पनि रद्द गरेको छ ।

गत असोज महिनामा अनाधिकृत रुपमा एउटै नम्बरका तीन थरि बिल प्रयोग गरेको भेटिएपछि सम्झौता रद्द गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?