Comments Add Comment

प्रियंकालाई इन्स्टाग्राममा पछ्याउने ९ लाख पुगे

सामाजिक संजालमा कलाकारलाई पछ्याउनेको संख्याको आधारमा उनीहरुको लोकप्रियता मापन गर्न सकिएला कि नसकिएला ? यो प्रश्न एकातिर होला । तर, धेरै कलाकार अहिले सामाजिक संजालको लोकप्रियतामा मख्ख छन् ।

सामाजिक संजाल प्रयोग गर्ने प्रयोगकर्ताको वृद्धीसँगै नेपाली कलाकारलाई पछ्याउने र उनीहरुको बिषयमा अपडेट हुनेको संख्या पनि बढेको छ ।

सामाजिक संजालमा सक्रिय नायिकाको रुपमा पर्छिन्, प्रियंका कार्की । उनको लोकप्रियता फेसबुक र इन्स्टाग्राममा खुबै छ । उनलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या ९ लाख पुगेको छ । यही खुशीमा, प्रियंकाले सबैलाई धन्यवाद समेत दिएकी छिन् । प्रियंकाले फलोअर्सहरुलाई धन्यवाद दिदै आफूलाई यति धेरै माया गरेको भन्दै खुशी व्यक्त गरेकी छिन् ।

हुनत, नायिका कार्कीको क्रेज अहिले हलमा छैन । उनका चलचित्रले व्यापार गर्न छाडेको केही समय भैसक्यो । उनलाई, चलचित्र बनाउनेहरुले पनि पत्याउन त छाडेका छन् । तर, इन्स्टाग्राममा पछ्याउनेको संख्या लगातार वृद्धी भैरहँदा यसले प्रियंकालाई खुशी भने दिएको छ ।

अहिले नेपाली कलाकारहरुको एकाउन्ट भेरिफाइड हुन थालेपछि फलोअर्सलाई भने सही एकाउन्टमा फलो गर्न सजिलो समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment