Comments Add Comment

मुख्यमन्त्री पौडेलको प्रश्न : प्रविधिको समयमा फाइल पल्टाउने ?

७ पुस, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुरानै शैलीले काम गरे परिवर्तनको महसुस हुन नसक्ने बताएका छन् ।

‘प्रविधिको जमाना सुरु भैसक्यो, हामी पुरानै शैलीमा धमिरा लागेका फाइल पल्टाउँछौं,’ उनले प्रश्न गरे, ‘कसरी हुन्छ जनतामा परिवर्तनको महसुस ?’

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको आयोजनामा भएको राष्ट्रिय अभियान अन्तर्गत सोमबार भएको कार्यक्रममा मुख्यमन्त्री पौडेलले जबसम्म जनतामैत्री काम कर्मचारीबाट हुँदैन तबसम्म परिवर्तनको महसुस गराउन्न नसकिने उनले बताए ।

कर्मचारी युनियनले आफू पाएक भन्दा पनि जनता ( ग्राहक) का लागि काम गर्नु पर्ने उनको भनाइ थियो । कर्मचरीको संगठन भन्ने वित्तिकै सबै डराउनु पर्ने अवस्थालाई चिर्नका लागि थालिएको अभियानको सफताको शुभकामना दिँर्दै मुख्यमन्त्री पौडेलले सुधारीएको प्राधिकरणले जनताको समस्यालाई संबोधन गर्नुपर्ने बताए ।

हामी केवल आफ्नो मात्र सोच्ने अवस्थामा पुगेका भन्दै उनले सेवाग्राहीको भावना बुझ्न सके मात्रै जनताले मुलुकमा परिवर्तन आएको महशुस गर्ने र थला परेको अभियानले पनि सार्थकता पाउने बताए ।

‘स्वच्छ सेवा, स्वच्छ नेपाल विद्युत प्राधिकरण’ भन्ने राष्ट्रिय अभियानमा रहेको राष्ट्रिय कर्मचारी युनियनको आयोजनामा प्राधिकरणको प्रदेश डिभिजन कार्यालय परिसरमा वृक्षारोपण गरिएको थियो ।

प्राधिकरण परिसरमा मुख्यमन्त्री पौडेलले एभोकाडोको बिरुवा रोपेका थिए । अभियानमा प्राधिकरण प्रदेश ३ हेटौंडा डिभिजन परिसरमा अमला, कागती लगायतका विरुवाहरु रोपिएका छन् ।

कार्यक्रममा कर्मचारी युनियनले प्राधिकरणको अहिलेको अवस्था र सुधार गर्नुपर्ने कामको बारेमा तयार परेको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment