Comments Add Comment
छापामा आज :

कालापानीमा सीमा समस्या रहेको भारतद्वारा स्वीकार, भन्यो– समाधान गर्न तयार छौं

नेपालको लिम्पियाधुरा क्षेत्र समेटेर भारतले आफ्नो नक्सामा राखेपछि दुई देशबीचको सीमा विवाद चर्किएको छ । आफ्नो भूमि समेटेर भारतले नक्सा सार्वजनिक गरेपछि नेपालले विरोधमा कूटनीतिक नोट पठाउँदै वार्ताको प्रस्तावसमेत गरेको छ ।

सीमा समस्याबारे नेपालले राखेको चासोमा १ महिनासम्म प्रतिक्रियाविहीन देखिएको भारतले अन्ततः कालापानी क्षेत्रमा सीमा समस्या रहेको स्वीकारेको छ । कान्तिपुर दैनिकले आज कालापानी क्षेत्रमा सीमा समस्या रहेको स्वीकार्दै भारतले पत्र नै पठाएको समाचार छापेको छ ।

यसै साता नेपालस्थित भारतीय दूतावासमार्फत सरकारलाई सम्बोधन गर्दै पत्र पठाइएको छ । समाचार अनुसार पत्रमा कालापानी, सुस्ता क्षेत्रको समस्या सल्टाउन भारत तयार रहेको उल्ललेख छ । वार्ताका लागि नेपालले यसअघि मितिसहितको प्रस्ताव गरे पनि भारतले पठाएको जवाफमा भने मिति उल्लेख छैन । ‘पत्रमा आपसी समझदारीमा उपयुक्त तिथिमा वार्ता गर्ने व्यहोरा छ’, भारतले पठायो पत्र शीर्षक समाचारमा कान्तिपुरले लेखेको छ ।

केही समययता यती समूह चर्चामा छ । गोकर्ण रिसोर्टदेखि दरबारमार्गको जग्गा कौडीको भाउमा हत्याएको यो समूहले लुम्बिनीमा नियमविपरीत होटलसमेत सञ्चालन गर्दै आइरहेको पाइएको छ । यति मात्रै होइन, सुरक्षा मुद्रणको जिम्मा पनि यति होल्डिङ्स स्थानीय एजेन्ट रहेको फ्रान्सेली कम्पनीलाई दिन लागिएको छ ।

कान्तिपुरका अनुसार, यती समूहले लुम्बिनी क्षेत्रको सबैभन्दा पुरानो होटल होक्के चार वर्षदेखि नियमविपरीत सञ्चालन गर्दै आइरहेको छ ।कोषको विनियमावलीअनुसार जसले सञ्चालनका लागि सुरुमा सम्झौता गरेको छ, उसैले मात्र होटल चलाउन पाउँछ । कागजी रूपमा होटल सञ्चालजको जिम्मा होक्के क्लब अफ जापानसँग छ । तर, यती समूहले नियम यस्तो भएपनि त्यसलाई मिचेर ४ वर्षदेखि होटल सञ्चालन गर्दै आइरहेको छ ।

अन्नपूर्णले सर्वोच्चको मुद्दा सुनुवाइमाथि चियोचर्चो गरेको छ । अन्नपूर्णका अनुसाभर सर्वोच्चको मुद्दा सुनुवाइको अवस्था निकै नै सुस्त र चिन्ताजनक छ । छिटो, छरितो र प्रभावकारी न्यायका लागि १५ वर्षअघि रणनीतिक योजना बने पनि सर्वोच्चले हासिल गर्न नसकेको उसको ठहर छ ।

सर्वोच्चमा परेका मुद्दामध्ये ३०.७६ प्रतिशतमात्र किनारा लागेका छन् । यो अघिल्ला वर्षभन्दा कम हो ।

कांग्रेसभित्रको किचलो, मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री र उपप्रधानमन्त्री उपेन्द्र यादवबीच परेको रस्साकस्सीलगायत विषयलाई अन्नपूर्णले आज पहिलो पृष्ठमा कभरेज गरेको छ ।

संसद्को सार्वजनिक लेखा समितिले गोकर्ण फरेस्ट रिसोर्ट लिज सम्झौता र दरबारमार्गस्थित जग्गासम्बन्धी लिज सम्झौताको कागजपत्र माग गरेको समाचार नागरिकले लेखेको छ । समितिले सात दिनभित्र सम्झौताको कागजपत्र बुझाउन नेपाल ट्रस्टलाई निर्देशन दिएको हो ।

सोमबार चीनकै परामर्शमा सय बढी चिनियाँ समातिएको खबर पनि नागरिकमा छ ।

स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित भएको खबर सरकारी मुखपत्र गोरखापत्रमा छ भने राजधानीले अन्तर्राष्ट्रिय आपराधिक गिरोह नै नेपालमा रहेको निष्कर्ष निकालेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment