Comments Add Comment

छोरालाई स्कुल पुर्‍याउन गएका बाबुको सवारीको ठक्करबाट मृत्यु

दुर्घटनास्थलमा तनाव भएपछि अवस्था नियन्त्रणका लागि तैनाथ प्रहरी ।

८ मंसिर, काठमाडौं ।  छोरालाई पछाडि बोकेर स्कुल पुर्याउन जाँदै गरेका एक व्यक्तिको सवारीकाे ठक्करबाट ज्यान गएको छ । काठमाडौंका चाबहिल–सुकेधारा खण्डमा बसले एक छात्राको ज्यान लिएको भोलिपल्ट चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको ज्यान गएकाे हाे ।

पर्वत ठूलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७, थानकोट चेकपोस्ट बस्दै आएका अर्जुन कुमार केसीको मंगलबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी प्रदेश ३ ०२००९ प ७६२१ को साइन मोटसाइकलमा छोरालाई स्कुल पुर्याउन गएका थिए । मोटरसाइकलमा सवार छोरा घाइते भएका छन् । उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ । सवारी साधनबारे कुनै जानकारी नभएको र सडकको सिसिटिभी फुटेज चेकजाँच भइरहेको महानगरीय प्रहरी बृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए ।

स्थानिय र मृतकका केही आफन्तले ठक्कर दिने सवारी साधन पता नलगाए सम्म शव उठाउने र गल्ती गर्ने चालकलाई कारबाहीको माग गरेका छन् ।

घटनास्थलमा तनाव भएपछि अवस्थामा नियन्त्रणमा लिन महानगरीय प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुगम कुँवरको नेतृत्वको अर्को प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment