Comments Add Comment

झारखण्डका मुख्यमन्त्री पराजित, कांग्रेस गठबन्धनलाई बहुमत

८ मंसिर, काठमाडौं । झारखण्ड विधानसभामा झारखण्ड मुक्ति मोर्चा (झामुमो), भारतीय नेसनल काँग्रेस र राष्ट्रिय जनता दल (आरजेडी) सम्मिलित गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ ।

८१ सदस्यीय विधानसभामा यो गठबन्धनले ४७ स्थानमा जित हासिल गरेको छ । जसमध्ये झामुमोले ३०, काँग्रेसले १६ र आरजेडीले एक स्थानमा जितेको छ । २०१४ मा झामुमोको १९ र काँग्रेसको ६ सिट थियो ।

केन्द्रमा भारी बहुमत सहित सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा) झारखण्डमा भने दोस्रो ठूलो दलमा सीमित भएको छ । यसपटक भाजपाले २५ सिट हासिल ग¥यो । गत विधानसभा निर्वाचनमा ३७ स्थानमा जितेर उसले पाँच वर्ष सरकार चलाएको थियो ।

स्वतन्त्र उम्मेदवारसँग मुख्यमन्त्री पराजित

नरेन्द्र मोदी, अमित शाह लगायत केन्द्रीय नेताहरूको विश्वासपात्र मानिएका झारखण्डका मुख्यमन्त्री रघुबर दास आफैले चुनाव जित्न सकेनन् । २००० नोभेम्बरमा झारखण्ड राज्य स्थापना भए यता पहिलो पटक पाँच वर्षे कार्यकाल पुरा गरेका निवर्तमान मुख्यमन्त्री रघुवर दासलाई स्वतन्त्र उम्मेदवार सरयु रोयले पराजित गरेका हुन ।
यो पनि पढ्नुहोस नरेन्द्र मोदीलाई पाँचौ धक्का, झारखण्डमा १७ वर्षे सत्ता ढल्यो

छ महिना पहिला भएको लोकसभा निर्वाचनमा भाजपाले ५० प्रतिशत भन्दा बढी मत ल्याएको झारखण्ड क्षेत्रमा स्वतन्त्र उम्मेदवारले भन्दा निवर्तमान मुख्यमन्त्रीले दश प्रतिशत कम मत पाए । रोयले ७३ हजार ९४५ भोट पाउँदा दासले जम्मा ५८ हजार ११२ मत पाए ।

भाजपाका पूर्व नेता रोयले रघुबर दाससँगको असन्तुष्टिपछि पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

चार दिनभित्र नयाँ मुख्यमन्त्रीको सपथ

निर्वाचन परिणाम आफ्नो पक्षमा आएपछि महागठबन्धनले नयाँ सरकार गठनको तयारी सुरु गरिसकेको छ । झामुमो अध्यक्ष शिवु सोरेनको घरमा मंगलबार पार्टी विधायक दलको बैठक बोलाइएको छ ।

महागठबन्धनले शिवु सोरेनका छोरा हेमन्त सोरेनलाई मुख्यमन्त्री बनाउने पूर्वघोषणा छ । २७ वा २८ डिसेम्बरमा सपथको तयारी भरिएको छ । झामुमोबाट पाँच र काँग्रेसबाट उपमुख्यमन्त्री सहित पाँच जना मन्त्री बन्ने बताइएको छ ।
यो पनि पढ्नुहोस झारखण्डमा भाजपामाथि पोखियो आदिवासी आक्रोश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment