Comments Add Comment

‘बाघी ३’मा टाइगर र श्रद्धासँगै दिशा पनि जोडिइन्

चलचित्र ‘बाघी २’मा नायक टाइगर श्राफ र उनकी प्रेमिका नायिका दिशा पटानीको मुख्य भूमिका थियो । ‘बाघी’मा भने टाइगरसँग नायिका श्रद्धा कपुरले रोमान्स गरेकी थिइन् । अहिले चलचित्र ‘बाघी ३’को धमाधम छायांकन चलिरहेको छ । यो चलचित्रको ४० दिनको छायांकन सर्वियामा गरिएको थियो । नायक टाइगर श्राफले क्लाइमेक्सको दृश्य सर्वियामा गरेका थिए ।

चलचित्रमा टाइगरको अहिलेसम्मकै फरक एक्सन हेर्न पाइने बताइएको छ । यसैविच, केही समयदेखि यो चलचित्रमा नायिका दिशा पटानीको पनि विशेष भूमिका रहने चर्चा चलिरहेको थियो ।

तर, मुम्बइको छायांकन सुरु भएसँगै दिशाले काम सुरु गरेकी छिन् । दिशाले चलचित्रमा काम गर्न पाउँदा आफू उत्साहित भएको भन्दै फ्यानलाई भिडियो सन्देश समेत सार्वजनिक गरेकी छिन् ।

चलचित्रमा उनको भूमिका कस्तो रहने भन्ने खुलेको छैन । तर, दिशाको प्रवेशसँगै चलचित्रप्रति यो सिरिजका फ्यानलाई अझै कौतुहलता हुने पक्का छ । सन् २०२० को मार्च ६ मा रिलिज हुने यो चलचित्रलाई अहमद खानले निर्देशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment