+
+
Shares

१३ महिनापछि खुल्यो प्रदेश दुग्ध विकास बोर्डको कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १८:०३

८ पुस, हेटौंडा । प्रदेश सरकारले दुग्ध विकास बोर्ड गठनको लागि १३ महिनाअघि बनाएको ऐनले सार्थकता पाएको छ । मंगलबार बोर्डको कार्यालयको उद्घाटन गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुग्धजन्य पदार्थको उत्पादनमा पनि प्रदेश आत्मनिर्भर बन्ने अवस्थामा रहहेको बताए ।

अहिले प्रदेश अण्डामा आत्मनिर्भर भइसकेको भन्दै उनले कुखुरा र खसीको मासुमा पनि आत्मनिर्भरको नजिक पुगेको बताए । उनले भने ‘बाँकी दुग्ध जन्य पदार्थमा हो यो पनि सबैको सहकार्यमा पुग्न सकिन्छ ।’

मुख्यमन्त्री पौडेलले दुग्ध विकास बोर्ड देखाउन र पदमा रहनका लागि मात्र नभएको भन्दै प्रभावकारी काम गर्नुपर्ने बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा अध्यक्ष रहने बोर्डको उपाध्यक्ष कार्यकारी रहने भए पनि सरकारले चयन गरेको छैन ।

प्रदेश सरकारले चीन सरकारसँगको सहकार्यमा नश्ल सुधारको कार्यक्रम सञ्चालन गर्दै दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बन्ने तयारी थालेको छ । जसका लागि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सहकार्यका लागि दोहोरो सम्झौता गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?