Comments Add Comment

सिद्घार्थ बैंकको १७ औं वाषिर्कोत्सवमा छुट योजना

८ पुस, काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले १७ औं वाषिर्कोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ । १७ औं वाषिर्कोत्सवलाई लक्षित गरी पुस ९ गते देखि माघ १० गते ३१ दिनसम्म बैंकले छुटको योजना ल्याएको हो ।

दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५ प्रतिशतसम्म (अधिकतम रू ५००) छुट दिइनेछ ।

पहिलो दुई पटक रु ५ सय वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ५ सय क्यासब्याक गरिनेछ ।

पहिलो दुई पटक रु ५ सय वा सो भन्दा बढि रकमको पीओएसमेसिनमार्फत् कारोबार गर्दा रु ३८२ रुपैयाँ क्यास ब्याक गरिनेछ ।

एक महिनाभित्र कम्तिमा तीन पटक गरी कुल १५हजारको पीओएसमेसिन मार्फत् कारोबार गर्दा रु १हजार क्यास ब्याक हुनेछ ।

बैंक स्मार्ट मार्फत् पहिलो पटक अधिकतम रु ५ सयको मोबाइल टप अप गर्दा २० प्रतिशत क्यास ब्याक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment