Comments Add Comment

जुन स्कुल बसमा छोरीलाई चढाइन्, त्यसैले सरिताको ज्यान लियो

८ पुस, पोखरा । सरिता पौडेल सुवेदीलाई हरेक दिन बिहान छोरीलाई समयमै स्कुल बस चढाउन हतार हुन्छ । मंगलबार पनि बिहान १० बज्नै लागेको थियो, सरितालाई छोरीलाई बस चढाउने हतारै भयो । पोखरा–१७ बिरौटा रामबजार नजिकै बस रोकिरहेको थियो ।

२ वर्षकी काखकी छोरीलाई कोठामै राखेर सरिता कक्षा १ मा पढ्ने छोरीलाई हतार हतार बससम्म ल्याइन् । बस भित्रैसम्म पुगेर छोरीलाई चढाइन् । हात हल्लाउँदै बाई गरिन्, छोरीले पनि बाई गरिन् ।

सधैंजसो छोरीलाई बस चढाएर उसैगरी बाइ गर्दै फर्किन्थिन्, सरिता । मंगलबार बिहान भने बसबाट झर्ने क्रममा खुट्टा चिप्लियो र उनी बसतिरै पछारिइन् । बस चल्नु र सरिता पछारिनु एकै पटक जस्तो भयो । चिप्लिएर लडेकी सरिता बसमुनि परिन् र उनले ज्यान गुमाइन् ।

पर्वतको कुश्मा खौला लाँकुरीदेखि सन्तानलाई राम्रो शिक्षा दिन सरिता पोखरा आएकी थिइन् ।

बिरौटा बस्ने भएकाले पायक पर्ने २६ वर्षीया सरिताले छोरीलाई पोखरा पार्दीको बालोदय बोर्डिङ स्कुलमा भर्ना गरेकी थिइन् । तर छोरीलाई चढाएको बसले उनको ज्यान लियो ।

प्रहरीका अनुसार सरिताका श्रीमान २ वर्षअघि दुबई गएका थिए । बालोदय माविको ग १ ख २४९९ नम्बरको बस र त्यसका चालक सुनसरी धरानका रवीन बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

आफन्त र अभिभावक भावविह्वल भएका छन् । स्कुल बसमा च्यापिएर सरिताको ज्यान गएपछि आफन्त, अभिभावक र स्थानीय वडा प्रहरी कार्यालय बैदाम पुगेका छन् ।

घटनाबारे प्याब्सन, एनप्याब्सन,स्थानीय, प्रहरी र आफन्तबीच मंगलबार बेलुका छलफल भए पनि कुनै निश्कर्ष ननिस्केको सरिताका आफन्त हिरामणि सुवेदीले जानकारी दिए । सरिताका बुधबार पोखरा आइपुग्ने आफन्तले जनाएका छन् ।

यो पनि पढ्नुहोस अर्जुनले छोरालाई स्कुलसम्म पुर्‍याउन पाएनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment