+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

अभियन्ताहरूले सुस्ताको अतिक्रमित भूभाग समेटेर अर्को नक्सा जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ९ गते १०:०८

९ मंसिर, काठमाडौं । नेपालको अतिक्रिमित भूमि लिम्पियाधुरालगायत क्षेत्र समेटेर नक्सा सार्वजनिक गरेका अभियन्ताहरूले नवलपरासीको सुस्ताको अर्को अतिक्रमित भूभागसमेत समेटेर नक्सा निकाल्ने तयारी गरेका छन् ।

सीमा बचाऔं अभियानले नापी विभागलाई स्रोत मानेर सुस्तालगायतका अतिक्रमित क्षेत्रको नक्सा सार्वजनिकको तयारी गरेको हो ।

‘हामीले यसअघि जारी गरेको नक्सामा सुस्ता समेट्न जनस्तरबाट व्यापक सुझाव आएकाले अर्को नक्सा सार्वजनिक गर्न लागेका हौं’, अभियानअन्तर्गतको नक्सा समितिका सदस्य कमल बरालले भने, ‘एक महिनाभित्र नयाँ नक्सा जारी गर्छौं ।’

भारतले ९८ प्रतिशत सीमा विवाद समाधान भइसकेको पत्र नेपाल सरकारलाई पठाएलगत्तै समितिले अर्को नक्सा सार्वजनिक गर्न लागेको हो ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नवलपरासीको सुस्ता क्षेत्रमा मात्रै भारतले १४ हजार ५०० हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ । नेपाल र भारतबीचको एक हजार ८ सय ८० किलोमिटर सीमा रेखामध्ये २३ जिल्लाका ७१ स्थानमा विवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?