Comments Add Comment

‘चिसो पानीमा रुझ्दै तातो पानी खन्याएर काम गरेँः स्वस्तिमा

चलचित्र ‘चपली हाइट ३’को छायांकनका क्रममा नायिका स्वस्तिमा खड्काले त्यती अप्ठ्यारो महशुश कहिले पनि गरिनन् । टिम राम्रो भएकाले काम गर्न सहज भएको उनको भनाई थियो । तर, चलचित्रको क्लाइमेक्समा भने रातभर पानीमा रुझ्नुपर्दाको पीडा भने उनले विर्सिएकी छैनन् ।

स्वस्तिमा भन्छिन्–‘३ दिनसम्म मध्यरातमा चिसो पानीमा रुझ्नु परेको थियो । त्यो बेलामा त म निर्देशक निकेश खड्काको अनुहार पनि हेर्न चाहदैनथ्यँ । चिसो पानीमा रुझ्दै तातो पानी खन्याएर काम गरेँ ।’

निर्माणपक्षका अनुसार, करिब १२ वटा ट्यांकर पानी ३ रातमा सकिएको थियो । स्वस्तिमाले आफूले चलचित्र ‘बुलबुल’मा भिन्न भूमिकामा काम गरिसकेकाले यो चलचित्रको भूमिकालाई भिन्न नभन्ने समेत बताइन् ।

के बर्षको अन्त्य तपाइको राम्रोसँग होला त भन्ने प्रश्नमा उनले भनिन्–‘म अहिले नै चलचित्रले कस्तो व्यापार गर्छ भनेर भन्न सक्दिनँ । तर, चलचित्रको डबिङ सकिएपछि पक्कै पनि यो बिषयमा भन्न सक्छु ।’

निर्देशक निकेश खड्का चलचित्रको स्क्रिप्ट अनुसार नै चलचित्र खिचिएको बताउँछन् । उनले भने–‘हिट सिरिजको क्रेडिट चपली हाइट ३ सम्म आइपुग्दा भजाउन पर्छ भन्ने मलाई लाग्दैनँ ।’ चलचित्रको कथावस्तु नै शक्तिशाली रहेको उनको तर्क छ ।

निर्माता अर्जुन कुमारले चैत्र २८ को मितिबाट आफू पछि नसर्ने बताए । भने–‘मैले चपली हाइट को अघिल्लो सिरिज पनि चैत्रमा नै रिलिज गरेको थिएँ । यसैले, यसपटक पनि चैत्रलाई नै मिति तोकेको हुँ । नयाँ बर्षको समयमा दुइ वटा चलचित्र रिलिज हुँदा समस्या हुन्छ भन्ने मलाई लाग्दैनँ ।’

नायिका सुपुष्पा भट्टले चलचित्र हेरिसकेपछि दर्शकले आफूलाई ‘हट नायिका’ नभन्ने बताइन् । कथावस्तु मन परेपछि आफूले काम गरेको उनको भनाई थियो ।

चलचित्रमा आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । ३२ दिनमा चलचित्रको छायांकन सकिएको भन्दै निर्माणपक्षले मंगलबार इन्ड क्ल्याप कार्यक्रम आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment