Comments Add Comment

ढाेरपाटन महिला डबल लिग भलिबल १६ माघदेखि

१० पुस, काठमाडौं । ढाेरपाटन क्लबकाे आयोजनामा हुने ढाेरपाटन महिला डबल भलिबल लिगकाे १५औं संस्करण आगामी माघ १६ गतेदेखि शुरु हुने भएकाे छ । ढाेरपाटन क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ १६ देखि २८ गतेसम्म हुने जानकारी दिएकाे हाे ।

लिगमा काठमाडौं का ८ र उपत्यका बाहिरका ४ गरि कूल १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाली महिला भलिबलकै सर्वाधिक नगद पुरस्कार राशिकाे ढाेरपाटन लिगकाे कूल बजेट ५१ लाख रहेकाे आयाेजकले जनाएकाे छ । जसमा विजेताले ४ लाख ५ हजार, उपविजेताले २ लाख ५ हजार र तेस्राे हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चाैथाेले ७५ हजार, पाँचाैले ५५ हजार र छैटौंले ४५ हजार नगद पाउनेछन् ।

यस्तै उत्कृष्ट ३ खेलाडीले स्कुरटर प्राप्त गर्नेछन् भने एक जना भाग्यमानी दर्शकले माेटरसाइकल प्राप्त गर्नेछन् । ग्रेट अचिभमेन्ट अवार्ड स्वरुप एक खेलाडीले पनि माेटरसाइकल पाउनेछन् ।
लिगकाे उत्कृष्ट खेलाडी, वर्ष खेलाडी र उदयमान खेलाडीले भने स्कुटर पाउनेछन् ।

विभागीय टाेली एपीएफ यस लिगकाे साविक विजेता हाे । अहिलेसम्म एपीएफले सर्वाधिक ६ पटक उपाधि जित्दा पाेखराकाे ज्ञानुबाबाले ५ पटक, नेपाल पुलिस त्रिभुवन आर्मी र रिड कलेजले १-१ पटक उपाधि जितेका छन् ।

राष्ट्रिय खेलकुद परिषदकाे समन्वय, नेपाल भलिबल संघकाे संयाेजकत्व रहेकाे लिगलाई सान मिगलले मुख्य प्रायाेजन गरेकाे छ । यस्तै युएम स्कुटीकाे सहप्रायाेजन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment