+
+
Shares

६ हजार घुससहित सशस्त्रका इन्सपेक्टर र सहायक हवल्दार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १० गते १६:१६

१० पुस, बुटवल । रूपन्देहीको गैडहवा गाउँपालिका विष्णुपुरास्थित शसस्त्र प्रहरी वेश क्याम्पका प्रहरी निरीक्षण तेजबहादुर जोरा र शसस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँ घुस रकमसहित बिहीबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरूलाई गैडहवा–३ बाट ६ हजार रुपैयाँ घुस सहित रंगे हात पक्राउ गरेको हो ।

घरयासी सामान ल्याउन सहजीकरण गरिदिने भन्दै घुस लिएको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । उनीहरूलाई नियन्त्रणमा लिएर बुटवलमा राखिएको छ । भ्रष्टचार निवारण ऐन अनुसार उनीहरुलाई कारबाही गरिने भुसालले जानकारी दिए । उनीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंकाल काठमाडौं शुक्रबार पठाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?