+
+
Shares

कतारमा ९ जना नेपालीलाई आममाफी

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १० गते १८:०७

१० पुस, काठमाडौं । कतार सरकारले ९ जना नेपालीलाई आममाफी दिएको छ ।

बिभिन्न आरोपमा केन्द्रीय कारागारमा सजाय भोगिरहेका नौ जनालाई कतार सरकारले राष्ट्रिय दिवसको अवसरमा आममाफी दिने निर्णय गरेको हो ।

कतार सरकारको आममाफी निर्णयसँगै नौ जना नै रिहाइ भइसकेको दोहास्थित नेपाली दूतावासको कार्यालयले जानकारी दिएको छ ।

आममाफी पाउनेहरुलाई नेपाल फर्किन सहजताका लागि राखिएको डिपोर्टेशन सेन्टरमै दूतावासले अधिकृत कर्मचारी खटाएको थियो ।

९ जना मध्ये राहदानी नभएका चार जनालाई बुधबार नै यात्रा अनुमति पत्र जारी गरिएको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?