Comments Add Comment

एमसीसीको बिरोध गर्नेहरुलाई आफैं थाक्न दिनुस् : गोकुल बास्कोटा

१० पुस,काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन हुने सन्दर्भमा कुनै भ्रम नरहेको प्रष्ट पारेको छ । चीनसँगको बीआरआई जस्तै अमेरिकासँगको एमसीसी पनि विकासमा साझेदारीमात्र रहेको सराकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा केही नेताले व्यक्तिगत तुष्टि पोख्न र कतिपयले नबुझेर विरोध गरे पनि उनीहरु आफैं थाक्ने बास्कोटाले बताए । उनले नेपालले कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने बताइसकेकाले अब थप बहस आवश्यक नरहेको बताए ।

उनले भने ‘एमसीसीबारेको बहस आत्मतुष्टि मात्र हो । अमेरिकाको सैन्य रणनीतिको साझेदार बन्ने बुँदा त्यहाँ छ र ? बीआरआईमा पनि हाम्रो सहभागिता छ । आर्थिक र विकास निर्माणका कुरामा हामी जोसँग पनि सहयोग लिन्छौं हाम्रो हितमा । हुँदै नभएको कुरा भनेर हिड्नेहरुलाई आफैं थाक्न दिनुस् ।’

एमसीसीबारे नेकपामा भीम रावललगायतले विरोध गरेका छन् । मन्त्री बास्कोटाले केही व्यक्तिको राजनीतिक तुष्टिकरण गर्न एमसीसीमा अनावश्यक विवाद सिर्जना गर्न खोजिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment