Comments Add Comment
छापामा आज :

रातमा सक्रिय हुने १२२ चिनियाँले के गर्थे ? कसुर भेटिएन, निष्कासनको सम्भावना

११ पुस, काठमाडौं । नेकपालाई रिक्त सभामुख चयनमा परेको सकस आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक पत्रपत्रिकाको पहिलो पृष्ठमा छापिएका सामग्रीमा विविधता छ । कुनैले पक्राउ परेका चिनियाँले के काम गर्थे भन्ने प्रश्नको जवाफ खोजेका छन् केहीले गोकर्ण रिसोर्ट विवाद, चिसोले जनजीवनमा पारेको प्रभावलगायत विषयबारे समाचार बनाएका छन् ।

कान्तिपुरले बूढानीलकण्ठस्थित ४ वटा घर भाडामा लिएर बस्दै आएका चिनियाँले पक्राउ पर्नुअघि के काम गर्थे भन्ने प्रश्नको जवाफ खोज्ने प्रयास गरेको छ । समाचार अनुसार, चल्तीको भन्दा बढी भाडा तिरेर बसेका चिनियाँहरू रातिको समयमा सक्रिय हुने गरेका थिए । दिउँसो खासै सक्रिय नहुने उनीहरू राति टोलै थर्काएर चिनियाँ भाषमा कुरा गर्दै हिँड्ने गर्थे । चिनियाँको गतिविधिबाट आजित स्थानीयका अनुसार सातवटा ट्याक्सीमा लाइन लागेर उनीहरू ओहोर दोहोर गर्ने गरेका थिए । उनीहरूले खाना पकाउन, सरसफाइ गर्न दुई नेपाली महिला र सुरक्षाका लागि एक सुरक्षागार्ड पनि राखेको समाचारमा उल्लेख छ ।

तर, उनीहरूको कसुर भेटिएको छैन । कान्तिपुरका अनुसार अहिलेसम्म अध्यागमन नियम उल्लंघनबाहेक अर्को कसुरमा संलग्न रहेको भेटिएको छैन । कसुर नभेटिएपछि उनीहरूलाई निष्कासनकै सम्भावना बढेको समाचारमा उल्लेख छ ।

एसिड आक्रमणमा परेकी किशोरी र सभामुख छान्न नेकपालाई परेको सकसबारे पनि कान्तिपुरले पहिलो पृष्ठमा सामग्री छापेका छन् ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पछिल्लो व्यवस्थाले वित्तीय प्रणालीमा समस्या थपिने खबर अन्नपूर्णमा छ । राष्ट्र बैंकले ग्राहक पहिचान संस्थागत, गेत्रगत जोखिम मूल्यांकन र रिपोर्टिङ प्रणालीमा कडाइ गरेपछि निक्षेपकर्ता समस्यामा पर्ने भएको समाचारमा उल्लेख छ ।

सुनामी संक्रमणमा पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन अर्को खबर पनि अन्नपूर्णमा छ ।

सम्झौता अवधि ६ वर्ष बाँकी छँदै गोकर्ण फरेस्ट रिसोर्टको लिज सम्झौता नवीकरण गरेर विवादमा आएको सरकारले यती समूहलाई त्यहाँ कानूनविपरीत भौतिक संरचना बनाउने थप सुविधा दिएको खुलासा नागरिकले गरेको छ । कांग्रेस विवादबारेको समाचारलाई पनि नागरिकले स्थान दिएको छ । नागरिकका अनुसार, सहमति नजुटेपछि असन्तुष्टलाई नकुर्ने रणनीतिमा कांग्रेस संस्थापन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment