Comments Add Comment

‘छक्का पन्जा ४’को घोषणा, आउँदो बर्षको दशैंमा रिलिज हुने

‘छक्का पन्जा ३’पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिमले फेरि ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिने भएको छ ।

वि.सं २०७७ सालको दशैंको फूलपातिमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पन्जा ४’को घोषणा गरिएको छ । चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले ‘छक्का पन्जा ४’ निर्माण गर्न लागेको पुष्टी गरे ।

उनले भने–‘हामीले अरु ब्यानरसँग सहकार्य गरेर चलचित्र बनाउने काम पनि अगाडि बढाएका थियौं । अहिलेलाई यो सहकार्य हुन सकेन । यसैले, हामी आफ्नै ब्यानरमा चलचित्र ‘छक्का पन्जा ४’ बनाउने तयारीमा लागेको हौं ।’ दीपकले अन्य ब्यानरसँगको सहकार्यका लागि कुरा अगाडि भने बढिरहेको बताए ।

दीपकका अनुसार, अहिले यो चलचित्रको कथा लेख्ने काम सुरु भएको छ । चलचित्रलाई दीपाश्री निरौलाले नै निर्देशन गर्नेछिन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपालको अभिनय रहने पक्का छ । दीपकका अनुसार, नायिका पनि केही समयमा नै फाइनल हुनेछिन् ।

दीपकले अगाडि भने–‘यसपटक, हामी ‘छक्का पन्जा ४’लाई सिरिज भन्दा पनि सिक्वेलको रुपमा अगाडि बढाउने तयारीमा छौ । छक्का पन्जा ३ को कथा जहाँ सकिएको थियो, त्यहीबाट ‘छक्का पन्जा ४’को कथा सुरु हुनेछ ।’

नेपाली चलचित्रको इतिहासमै सर्वाधिक ग्रस कलेक्शन गर्ने चलचित्रको रेकर्ड ‘छक्का पन्जा’का ३ वटा सिरिजले राखेको छ । यो चलचित्रलाई काठमाण्डौमा जीजीए ग्रुप र रीच इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment