Comments Add Comment

हिमा गृहमा पनि रिसोर्ट चलाउन दिने तयारी

११ पुस, काठमाडौं । नेपाल ट्रष्टको कार्यालयले पोखराको हिमा गृह र चितवनको लियालो बंगलालाई पनि रिसोर्ट चलाउन भाडामा दिने तयारी गरेको छ ।

गोकर्ण रिसोर्टबारे लिज सम्झौताबारे विवाद भइरहेका बेला नेपाल ट्रष्टले भने चार ठाउँको संरचना रिसोर्ट व्यवसायका लागि भाडामा दिने तयारी गरेको हो । ट्रष्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले हिमा गृह, दियालो बंगला, फर्पिङसहितका चार ठाउँमा रिसोर्टका लागि लिजमा दिन लागिएको बताए ।

पोखराको फेवा किनारमा रहेको हिमा गृहसहित १० रोपनी ४ आना जग्गा सरकारले ८ वैशाख २०७३ मै यति समूहलाई भाडामा दिने निर्णय गरेको थियो । तर सरकारको निर्णय विरुद्ध पोखरामा आन्दोलन चर्किपछि त्यो निर्णय कार्यान्वयन भएन । अहिले फेरि हिमा गृह भाडामा दिन लागिएको छ ।

चितवनको दियालो बंगलामा ७६७ रोपनी ११ आना जग्गा पनि रिसोर्टका लागि भाडामा दिने ट्रष्टको तयारी छ ।

कमलादीको २ रोपनी ४ आना, पूर्व राजा ज्ञानेन्द्र शाहको निर्मल निवास अगाडिको एक रोपनी ७ आना, लाजिम्पाटको ६ रोपनी जग्गा पनि लिजमा दिन लागिएको ट्रष्टले जनाएको छ । यसका लागि टेण्डर आहृवान गरिने कार्यकारी सचिव ठाकुरले बताए ।

यस्तै हाल लिजमा रहेको तर सम्झौता सकिन लागेका केही ठाउँमा पनि टेण्डरमार्फत लिजमा दिने तयारी छ ।

ट्रष्टका अनुसार काठमाडौं प्लाजा रहेको जग्गाको सम्झौता अब केही महिना मात्र बाँकी छ । हाल ठेक्का लिएको समूहले प्रतिमहिना करिब ८ लाख मात्र भाडा प्रस्ताव गरेको छ तर ट्रष्टको कार्यालयले भने ६० लाख न्यूनमत मूख्य राखेर टेण्डर आहृवान गर्न लागेको छ ।

लाजिम्पाटको जग्गा स्टाण्डर्ड चार्टड बैंकले लिजमा लिएको छ । यो सम्झैता सन् २०२१ मा सकिनेछ । टेकुस्थित रहेको विजेनश पार्कको १९ रोपनी १२ आना जग्गाको सम्झौता २०८३ चैत २७ सम्म अर्थात करिब ७ वर्ष बाँकी छ ।

सोल्टी होटल अगाडिको जग्गा ४ रोपनी ४ आना हालै मात्र ३० वर्षका लागि लिजमा दिइइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment