Comments Add Comment

घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु

११ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-६, ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् अनिषा पौडेलको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार बुधबार पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी थिइन् ।

छतबाट खस्दा कम्पाउण्डको बारमाथि लगाइएको धारिलो रडमा उनी खोपिइन् । लगत्तै आफन्त र नजिकै रहेको प्रहरी चौकी टोखाका अधिकृतहरु पुगे ।

‘प्रहरी र स्थानीयले केहीबेरमै रड काटेर बालिकालाई ग्राण्डी अस्पताल पुर्‍याएका थिए’, लम्सालले भने, ‘तर, अस्पतालले मृत घोषित गरिदियो ।’

रड काट्दासम्म बालिका जीवितै रहेको स्थानीयवासीको भनाइ छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम गरेपछि पौडेलको अन्त्येष्टि गरिसकिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment