Comments Add Comment

मकवानपुरको रामचन्द्र भञ्ज्याङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

११ पुस, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित रामचन्द्र भञ्ज्याङमा शुक्रबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

मृतकको पहिचान खुल्न नसकेको र मृतक मध्ये १ जना महिला र २ जना पुरुष रहेको प्रदेश ३ का प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक अरुण पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

रौतहटको चन्द्रपुरबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको जीप हेटौंडा-कुलेखानी-सिस्नेरी सडक खण्ड अन्तर्गत रामचन्द्र भञ्ज्याङको पाटेखोलामा सडकदेखि करिब ५ सय मिटर तल खस्दा ५ जना पुरुष र १ जना महिला घाइते भएको पौडेलले जानकारी दिए । जीपका चालक समेत घाइते भएका छन् ।

सिस्नेरी, छैमले, भिमफेदी र फर्पिङबाट आएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी मनमोहन मेमोरियर अस्पताल फर्पिङमा उपचारको लागि पठाइएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट समेत थप टोली घटनास्थल तर्फ जाँदै गरेको पौडेलले बताए ।

प्रहरीको टोली उद्धार कार्यमानै व्यस्त रहेकाले दुर्घटना कसरी हुन पुग्यो भन्नेबारेमा अहिले नै भन्न नसकिने र घटनाबारे अनुसन्धान भइरहेको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment