Comments Add Comment

अकुपाई टुँडिखेल अभियान अन्तर्गत शनिबार खुल्लामञ्च सिंगारिँदै

११ पुस, काठमाडौं । अकुपाई टुँडिखेल अभियान अन्तर्गत शनिबार बिहान खुल्लामञ्चलाई सिंगार्ने कार्यक्रम हुने भएको छ ।

सोसाइटी अफ नेपलिज, आर्किटेक्ससँगको सहकार्यमा कलाकार धन यख्याले खुलापन र वातावरणीय सन्तुलन झल्कने गरी रंगिचंगी आकृतिहरु कोर्ने कार्यक्रमहरु रहेका छन् ।आकृतिहरुमा थप रङ्ग भर्न बालकदेखि वृद्धासम्मले सहयोग गर्ने छन् ।

यो पनि पढ्नुहोस अतिक्रमणबाट जोगाउन ‘अकुपाई टुँडिखेल’ अभियान

टुँडिखेलमा भएको अतिक्रमण रोक्न गत कात्तिक देखि सुरु गरिएको अभियानमा अन्तर्गत टुँडिखेलभित्र रंगिचंगी आकृतिहरु बनाइ रचनात्मक ढंगले विरोध गर्ने कार्यक्रम रहेको अभियानका संयोजक विजय श्रेष्ठले बातए ।

टुँडिखेलमा कुनै समय एसियाकै ठूलो मैदानको रुपमा रहेको, प्राकृतिक रुपमा भूमिगत जल भण्डारको पुर्नभरणको स्रोत रहेको थियो ।

यो पनि पढ्नुहोस ‘अकुपाई टुँडिखेल अभियानले विद्यासुन्दरको छवि सुधार्छ’

सांस्कृतिक, प्राकतिक, सामाजिक प्रत्याभूति गराउने टुँडिखेल हाल पार्किङ, अनाधिकृत बसपार्क, पसलहरु सञ्चालन गरेर मासिएको भन्दै सम्पदाप्रेमीहरुले टुँडिखेल बचाउ अभियान चलाएका हुन् ।

यसअघि कात्तिक २३ गते पहिलो चरणको विरोध स्वरुप मानव साङ्लो बनाइ टुँडिखेल बचाउ अभियान सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment