Comments Add Comment

‘टुर दि पोखरा’ भोलि, गर्बुजा र थापा सद्भावना दूत

११ पुस, पोखरा । साइकल सिटी पोखराले गर्दै आएको ‘टुर दि पोखरा’को पाँचौं संस्करण शनिबार हुने भएको छ ।

‘थोपा थोपा इन्धन बचाऔं’ नारासहित सुरु भएको टुर दि पोखराको यस संस्करणमा १८.५ किलो मिटर साइकल दौड हुने भएको छ ।

साइकल सिटीले टुर दि पोखराका लागि साइकलयात्री विशाल गर्बुजा र जमुना थापालाई सद्भावना दूत समेत घोषणा गरेको छ । गर्बुजा एकहाते साइकल यात्री हुन् भने थापा हालै सकिएको सागमा साइकलिङमा रजत पदक विजेता ।

साइकल सिटीका निर्वतमान अध्यक्ष प्रकाश बज्रचार्यले पाँचौं संस्करणलाई अघिल्लोभन्दा फरक बनाउन लागिएको जानकारी दिए ।

वातावरण प्रदूषण कम गर्दै इन्धन प्रयोग घटाउने लक्ष्यसहित टुर दि पोखरा सुरु गरिएको बज्रचार्यले जानकारी दिए । यस पटकको संस्करणमा रक्तदान र जिल्ला स्तरीय खुला साइकल दौड पनि जोडिएको उनले सुनाए ।

शनिबार पोखरा प्रदर्शनी केन्द्रबाट साइक्लिङ सुरु हुनेछ । त्यसअघि स्लो साइकल रेस, बाल हृवील रेस र जिगज्याग साइक्लिङ हुनेछ ।

साँझ काहुँडाँडामा साइक्लिङसहित एक रातको बसाइ राखिएको छ । साइकलिङमा करिब १ हजार साइकल यात्री सहभागी हुने आयोजकको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment