+

ए डिभिजन लिगमा पुलिसको पहिलो जित, सरस्वती पराजित

२०७६ पुष  ११ गते १७:०५ २०७६ पुष ११ गते १७:०५
ए डिभिजन लिगमा पुलिसको पहिलो जित, सरस्वती पराजित

११ पुस, काठमाडौं । नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

डिफेण्डर रविन श्रेष्ठले लिगमा पुनरागमन गर्दै कप्तानी सम्हालेको खेलमा विभागीय टोली पुलिसले सरस्वती युथ क्लबलाई २-० ले पराजित गरेको हो । चोटका कारण गत सिजन नखेलेका रविनले यो सिजनको पनि सुरुको दुई खेल खेलेनन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसका लागि सुमन लामाले ४६ औं मिनेटमा र भोला सिलवालले ७९ औं मिनेटमा गोल गरे ।

पहिलो हाफको अन्तिम समयमा पुलिसका अन्जन राई दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिएपछि पुलिसले दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको थियो ।

दोस्रो हाफको सुरुदेखि आक्रामक खेलेको पुलिसका लागि ४६ औं मिनेटमा सुमन लामाले रवि पासवानको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । जारी लिगमा पुलिसको यो पहिलो गोल हो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय