Comments Add Comment

ए डिभिजन लिगमा आज तेस्रो चरणको अन्तिम खेल हुँदै

१२ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तेस्रो चरणको अन्तिम खेल हुँदैछ । दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र एपीएफ भिड्नेछन् ।

यस सिजन थ्री स्टार अपराजित छ भने एपीएफ जितबिहिन छ । ललितपुर डर्बीमा जावलाखेलसँग गोलरहित बराबरी खेल्दै लिग शुरुवात गरेको पाटने क्लब थ्री स्टारले दोस्रो खेलमा अर्को विभागीय क्लब नेपाल पुलिसलाई दशरथ रंगशालामै १-० ले पराजित गरेको थियो ।

एपीएफले भने पहिलो खलेमा मनाङ मर्स्याङ्दीसँग २-०को हार बेहोरेको थियो । त्यसपछि हिमालयन शेर्पासँग १-१ को बराबरी खेलेको थियो ।

२ खेलबाट ४ अंक रहेको थ्री स्टार अंकतालिकामा छैटौं स्थानमा छ भने १ अंक मात्र रहेको एपीएफ पछारबाट तेस्रो अर्थात १२औं स्थानमा छ । आजको खेलमा विजयी भए थ्री स्टार दोस्रो स्थानमा उक्लनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment