Comments Add Comment

प्रधानमन्त्रीको टिप्पणी : कविहरु पनि नयाँ-नयाँ निस्किए !

१२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रका आलोचकहरुमाथि खनिएका छन् । पार्टीको समर्थनमा बोल्न नसक्ने, सरकारको समर्थनमा बोल्न नसक्ने, विरोध मात्र बोल्नेहरु कुण्ठाग्रस्त भएको उनले बताए ।

नेकपासम्वद्ध प्रेस संगठनले शनिबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले गलत नीति, गलत व्यवहार वा आन्दोलनलाई कमजेार पारेको भए पार्टीका नेताहरुले आलोचना गर्नु स्वभाविक हुने बताए । विरोधीहरुले सिधा आँखाले हेर्न नसक्ने गरी पार्टी र आन्दोलनलाई बलियो बनाउँदा पनि आलोचना गर्नु विरोधका लागि विरोध मात्र भएको उनले बताए ।

राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने गरी राष्ट्रिय जनता पार्टीसँग भएको दुईबुँदे सहमति गर्दा एकथरीले रोइकराई गरेको भन्दै उनले भने, बालुवाटारबाट कालो धुँवाको मुस्लो निस्किएको ….कविहरु पनि नयाँ-नयाँ खालका निस्किए । अचम्म अचम्मका कविता ।’

नेकपाको स्थायी कमिटी बैठक चलिरहँदा बालुवाटारमा सुटुक्क सहमति गरेको भन्दै नेताहरुले प्रश्न गरेका थिए । त्यसक्रममा नेता भीम रावलले कविता समेत सुनाएका थिए ।

केही नेताहरुले आफैं सवार डुंगामा प्वाल पार्न खोजेको भन्दै उनले भने, जसले प्वाल पार्न खोजेपनि यो डुंगा प्वाल पान दिँदैनौं । जसले डुवाउन खोजेपनि डुंगा डुब्न दिइँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment