Comments Add Comment

पार्टीभित्र एकताको विकल्प छैन : देउवा

१२ पुस, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई बचाउन कांग्रेसभित्र एकता अपरिहार्य भएको बताएका छन् ।

स्थानीय नेता बलराम नायकको १३ औं पुण्यतिथिमा धनुषाको सबैलामा शनिबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले सरकार संघीयतालाई बर्बाद गर्ने उन्मुख रहेको बताए । ‘संघीयतालाई बचाउन कांग्रेसका सबै शक्तिलाई एकजुट हुनु आवश्यक छ । पार्टीभित्र एकताको विकल्प छैन ।’

मुलुक संकटमा परेको बेला पार्टीलाई आन्तरिक कलहमा फस्न नदिने दायित्व सबैको भएको उनले बताए ।

कांग्रेसका उप-सभापति विमलेन्द्र निधिले लामो संघर्षपछि आएको संघीयता कम्युनिस्ट सरकारकै कारण संकटमा परेको बताए । केन्द्रीय सदस्य आनन्द ढुंगानाले मधेसको पक्षमा संविधान संशोधन गराउन कांग्रेस अहिले पनि तत्पर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment