+
+
Shares

आँखा दान गर्ने कुलमान घिसिङको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १२ गते २१:१९

१२ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दान गर्ने घोषणा गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा घिसिङले मृत्युपछि आँखा दान गर्ने घोषणा गरे ।

‘मरणपछि स्वर्ग जाने आशा गर्ने सबैले गर्छन्, जो जसले आँखा दान गर्नुहुन्छ उहाँहरु स्वर्गमै पुगेर आफ्नो खाँखालेसंसार देखेकाहरुको खुसी हेरेर बस्नुहन्छ जस्तो मलाई लाग्छ,’ उनले भने,’यो सबैभन्दा पुण्यको काम हो ।’

मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक  श्रद्धाञ्जली सभामा उनले पनि आँखा दानको घाषणा गरेका हुन् ।

उनले बत्तीको उज्यालो देख्न पनि आँखाको आवश्यक पर्ने भन्दै आँखा नभई संसार देख्न नसकिने कुरालाई बिर्सिन नहुने बताए ।

कार्यक्रममा प्राडा तथा बरीष्ठ आँखा रोग विशेषज्ञ सन्दुक रुइतले आँखा दानमा हजारौं मान्छेहरु जोडिँदै गएको भन्दै खुसी व्यक्त गरे ।

उनले मृत व्यक्तिको पुरै भाग झिक्ने नभई नानी मात्रै निकाल्ने गरिएको स्पष्ट गर्दै यसले धार्मिक तथा सांस्कृतिक रुपमा कुनै अप्ठेरो नपर्ने बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?