Comments Add Comment

कांग्रेसको असहमतिबीच सूचना प्रविधिसम्बन्धी विधेयक विकास समितिबाट पारित

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसदको विरोधका बाबजुद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुको बहुमतले विधेयक पारित भएको हो ।

नेपाली कांग्रेसका सांसदहरुले विधेयकको समग्र विषयमा सरोकारवाला पक्ष र सञ्चार क्षेत्रसँग छलफलको माग गरेका थिए । नागरिक स्वतन्त्रता, मौलिक हक हनन गर्ने, संविधानको मर्म र भावना विपरीत विधेयक पारित गर्न खोजेको भन्दै काङ्ग्रेस सांसद बहादुर सिंह लामाले फरक मतको पत्र सभापति कल्याणी खड्कालाई बुझाएका थिए ।

समिति बैठकमा विधेयकमाथि हात उठाएर मत जाहेर गरिएको थियो । कांग्रेस सांसद रङ्गमती शाही, बहादुरसिंह लामा र राम बहादुर विष्‍टले विपक्षमा हात उठाए ।

विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान छ ।

यो प्रावधानमा कांग्रेसले असहमति राखेको छ । समिति बैठकबाट पारित भएपछि यो विधेयक प्रतिनिधिसभामा पेश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment