Comments Add Comment

पर्यटन मन्त्रीद्वारा जनजातिलाई भ्रमण वर्षमा सघाउन आग्रह

१३ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न देशविदेशमा रहेका आदिवासी जनजातिहरूलाई आग्रह गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघसँग आइतबार मन्त्रालयमा छलफल गर्दै उनले भ्रमण वर्ष मूल आयोजक समितिमा जनजाति प्रतिनिधिलाई मनोनित गरिने जानकारी दिए ।

पर्यटन मन्त्री भट्टराई भ्रमण नेपालमा बाहिर रहेका आदिवासी जनजातिलाई समेत भ्रमण वर्ष सफल पार्न भूमिका खेल्नुपर्नेमा जोड दिए । भ्रमण वर्षको उद्घाटन समारोहमा विभिन्न जातजातिलाई आफ्नो सांस्कृतिक झाँकी सहित उपस्थित हुन समेत उनले आग्रह गरे ।

महासंघका अध्यक्ष जगत बरामले भ्रमण वर्ष सफल बनाउन जनजातिहरू लागि रहेको र सरकारले उनीहरूको संस्कृति संरक्षणको योजना ल्याउनु पर्ने बताए । आदिवासी जनजातिसँग सम्बन्धित पर्वमा सरकारले बिदा दिनुपर्ने बरामको माग थियो ।

मन्त्री भट्टराईले पर्यटन मन्त्रालयको क्षेत्राधिकारमा पर्ने सांस्कृतिक क्यालेण्डर बनाउन आफैंले पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment