+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

पोखरामा साइकल लेनबारे अध्ययन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १३ गते १६:२४

१३ पुस, पोखरा । पोखराका सडकमा साइलक लेनबारे अध्ययन गर्न महानगरले तीन सदस्यीय समिति गठन गरेको छ । साइकल सिटी पोखराका निर्वतमान अध्यक्ष प्रकाश बज्रचार्यको संयोजकत्वमा महानगर ट्राफिक व्यवस्थापन प्रमुख इन्जिनियर सुरेन्द्र पौडेल र नेपाल साइकल सोसाइटी अध्यक्ष रत्नराम श्रेष्ठ सदस्य रहेन गरी समिति गठन भएको हो ।

नेपाल साइकल सोसाइटी, पोखरा साइकल सिटी र पोखरा महानगरबीच आइतबार भएको संयुक्त बैठकमा समिति गठन गर्ने सहमति भएको हो । बैठकमा महानगरका मेयर मानबहादुर जिसीले पोखराका सडकमा साइकल लेन बनाउन आफू पनि सकारात्मक रहेको र त्यसका लागि चाँडै योजना तयार पारिने बताए ।

‘गठन भएको समितिले महानगरका सडकमा साइकल लेन बनाउनेबारे अध्ययन गरेर रिपोर्ट बुझाउने छ,’ मेयर जिसीले भने, ‘यसका लागि महानगर सकारात्मक छ र सहयोग गर्न पनि तयार छ ।’ उनले साइकल लेन तयार भइसकेपछि साइकल व्यवस्थापन र सुरक्षाको पनि व्यवस्था गरिनुपर्ने सुझाव राखे ।

नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरामा साइकल लेन अपहरिहार्य भएको धारणा राखे । उनले भने, ‘पोखरामा आफैंमा सुन्दर छ । विदेशी पर्यटक यहाँ गाडी होइन साइकल चढ्न आउँछन् । त्यसका लागि पनि साइकल लेन जरुरी छ ।’ उनले साइकल लेन बनाएर अरु नगरपालिकाभन्दा उदाहरणीय बनाउनु पर्नेमा जोड दिए ।

पोखरा साइकल सिटीका निवर्तमान अध्यक्ष प्रकाश बज्रचार्यले पोखराका सडकमा तत्काल साइकल चिन्ह राखिनु पर्ने सुझाव राखे । ‘यहाँको सडक अरु ठाउँको भन्दा चौडा छन् । त्यसैमा तत्कालका लागि रङ्ग रोगन र चिन्ह राख्न सकियो भने साइकल यात्रीलाई सजिलो हुने थियो,’ उनले भने । उनले पोखराका धेरै ठाउँमा साइकल स्ट्यान्ड राखिसकिएको जानकारी दिए ।

नेपाल साइकल सोसाइटीका रत्नराम श्रेष्ठले पोखराका सडक फराकिलो भएकाले साइकल लेनमात्रै होइन साइकल ‘हाइवे’ बनाउन सकिने बताए । उनले ललितपुरले साइकल लेनबारे काम सुरु गरिसकेकाले पोखराले पनि तत्काल सुरु गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?