Comments Add Comment

पोखरामा साइकल लेनबारे अध्ययन गर्न समिति गठन

१३ पुस, पोखरा । पोखराका सडकमा साइलक लेनबारे अध्ययन गर्न महानगरले तीन सदस्यीय समिति गठन गरेको छ । साइकल सिटी पोखराका निर्वतमान अध्यक्ष प्रकाश बज्रचार्यको संयोजकत्वमा महानगर ट्राफिक व्यवस्थापन प्रमुख इन्जिनियर सुरेन्द्र पौडेल र नेपाल साइकल सोसाइटी अध्यक्ष रत्नराम श्रेष्ठ सदस्य रहेन गरी समिति गठन भएको हो ।

नेपाल साइकल सोसाइटी, पोखरा साइकल सिटी र पोखरा महानगरबीच आइतबार भएको संयुक्त बैठकमा समिति गठन गर्ने सहमति भएको हो । बैठकमा महानगरका मेयर मानबहादुर जिसीले पोखराका सडकमा साइकल लेन बनाउन आफू पनि सकारात्मक रहेको र त्यसका लागि चाँडै योजना तयार पारिने बताए ।

‘गठन भएको समितिले महानगरका सडकमा साइकल लेन बनाउनेबारे अध्ययन गरेर रिपोर्ट बुझाउने छ,’ मेयर जिसीले भने, ‘यसका लागि महानगर सकारात्मक छ र सहयोग गर्न पनि तयार छ ।’ उनले साइकल लेन तयार भइसकेपछि साइकल व्यवस्थापन र सुरक्षाको पनि व्यवस्था गरिनुपर्ने सुझाव राखे ।

नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरामा साइकल लेन अपहरिहार्य भएको धारणा राखे । उनले भने, ‘पोखरामा आफैंमा सुन्दर छ । विदेशी पर्यटक यहाँ गाडी होइन साइकल चढ्न आउँछन् । त्यसका लागि पनि साइकल लेन जरुरी छ ।’ उनले साइकल लेन बनाएर अरु नगरपालिकाभन्दा उदाहरणीय बनाउनु पर्नेमा जोड दिए ।

पोखरा साइकल सिटीका निवर्तमान अध्यक्ष प्रकाश बज्रचार्यले पोखराका सडकमा तत्काल साइकल चिन्ह राखिनु पर्ने सुझाव राखे । ‘यहाँको सडक अरु ठाउँको भन्दा चौडा छन् । त्यसैमा तत्कालका लागि रङ्ग रोगन र चिन्ह राख्न सकियो भने साइकल यात्रीलाई सजिलो हुने थियो,’ उनले भने । उनले पोखराका धेरै ठाउँमा साइकल स्ट्यान्ड राखिसकिएको जानकारी दिए ।

नेपाल साइकल सोसाइटीका रत्नराम श्रेष्ठले पोखराका सडक फराकिलो भएकाले साइकल लेनमात्रै होइन साइकल ‘हाइवे’ बनाउन सकिने बताए । उनले ललितपुरले साइकल लेनबारे काम सुरु गरिसकेकाले पोखराले पनि तत्काल सुरु गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment